अपत्य शर्मा ••
विश्व व्यापी रुपमा शताब्दीअौँदेखि जातीय, क्षेत्रीय, नस्लीय,वर्गीय तथा धार्मिक घृणा, अपमान, शोषण, उत्पीडन, दमन र द्वन्द्व हुँदै आएको छ । हुन त आफूलाई प्रजातन्त्रवादी, भातृत्व,समानता र मानव अधिकारलाई साम्राज्यवादीको कठपुतली राष्ट्रसङ्घदेखि साम्राज्यवादी, विकसित पुँजीवादी मुलुकहरू र विकासोन्मुख मुलुकहरूका घोषणापत्र र संविधानमा लेखिएका हुन्छन् । तर व्यवहार हेर्ने हो भने कहीं पनि समानता, भातृत्व र मानवीय व्यवहार शुन्य पाइन्छ । नेपाल कै सङ्घात्मक गणतान्त्रिक संविधान मै पनि समाजवाद उन्मुख समानताको दृढतापूर्वक लागु गर्ने भनिएको छ । तर व्यवहारमा सिल्पीहरू (दलितहरू) प्रति चरम असमानताको व्यवहार भइरहेछ । मेचीदेखि महाकालीसम्म सिल्पीहरू शोषित, पीडित, दमित, अपमानित हुने श्रृङ्खला व्याप्त छ । यी सिल्पीहरूलाई छोएमा छोइछिटोदेखि खानेपानीका धारा, पधेंरा तथा कथित ठूला जातिका अलग अझैं कायम छन् । कतिसम्म भने तराई मधेशमा दलितले मरेपछि पनि गाड्ने स्थान नपाएका समाचार संचार माध्यममा आएका छन् ।
जबकि छठका दिन घाटमा दलित र गैर दलितका बीचमा समानता हुन्छ भनिन्छ तर पछि दलितप्रति छि:छि: दुर दुर यथावत हुन्छ । शासक मनुवादी हिन्दुधर्मावलम्बीहरूले शैक्षिक पाठ्यसामाग्रीहरूमा वर्गीय जातीय भेदभाव विरुद्ध चेतनामूलक विश्वबन्धुत्वका पाठहरू राखिएका हुँदैनन् । कला, साहित्य, सिनेमा, गीत, सङ्गीत आदिमा पनि जातीय भेदभाव, अपमानबारे ज्यादै कम स्थान दिइन्छ । जातीय पहिचानको नाममा जातीय विभेदलाई मलजल गर्ने काम एनजिओ आइएनजिओले गरिरहेछन् । साम्राज्यवादीहरू जातीय विभेदका नाममा समाजशास्त्रीय आवरणमा जातीय द्वन्द्व गराउने खेल नेपालमा मात्र होइन । विश्वव्यापी रुपमै गरिरहेछन् । किनभने पहिचानको नाममा द्वन्द्व गराएर आफ्ना आर्थिक राजनैतिक स्वार्थपूर्ति गर्दै आएका छन् । हुटु तुत्सीका बीचमा भएको जातीय द्वन्द्वमा चार लाखको मृत्यु भएको थियो । विगतको विश्व मानचित्रमा हेरौँ भने एसिया, अफ्रिका, ल्याटिन अमेरिका तथा यूरोपमा पनि जातीय, नस्लीय तथा रङ्गभेदका नाममा द्वन्द्वहरू भएका मात्र नभएर विश्वमानचित्रमा धेरै मुलुकहरू नक्साबाट हराएका छन् र नयाँ मुलुकहरूको उदय भएका छन् । यूरोपेलीमुलुक स्पेनमा काटालोनियनहरू आफ्नो छुट्टै अलग राज्यका लागि सङ्घर्षरत छन् भने बास्क (इटा) पनि अलग भएर स्वतन्त्र हुन सङ्घर्षरत छन् ।
अमेरिकी साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरूले यहुदीहरूको मुलुक इज्रायलको स्थापना गरेका हुन् । पहिले फिलिस्तिनीहरूको अलग राज्य र यहुदीहरूको अलग राज्य बनाउने भनेर फिलिस्तिनीहरूलाई आस्वस्त पारे । तर पछि इज्रायली जातिवादी सत्ताले फिलिस्तिनीहरूलाई जवरजस्ती आफ्नो जन्मभूमिबाट विस्थापित गरेर अहिले पनि सम्पूर्ण गाजा क्षेत्रबाट विस्थापित गर्ने योजना अनुसार फिलिस्तिनी जनतालाई गाजा क्षेत्र खाली गर्न निर्देशन दिएको छ । हालको हमास इज्रायली युद्धमा निर्दोष निशस्त्र फिलिस्तिनीहरूलाई सम्पूर्ण गाजा क्षेत्रबाट लखेटेर त्यहाँ आफ्नो अधिकार जमाउने इज्रायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको योजना छ ।
जातिवादी इज्रायली दक्षिणपन्थी नेतन्याहुको फासिस्ट सेनाले विशेष गरेर सम्पूर्ण फिलिस्तिनी जनतालाई आफ्नो दुश्मन भनेर बच्चाहरूलाई समेत मारिरहेछ । किनभने त्यही बच्चा ठूलो भएपछि जातिवादी फासिष्ट यहुदी कट्टरपन्थीसँग बदला लिनेछ । विश्लेषकहरूका अनुसार ८० प्रतिशत बच्चाहरूनै मारिएका छन् ।
अमेरिकी साम्राज्यवादीहरू अरु मुलुकहरूले सानो मानव अधिकारको उल्लङ्घन गर्यो भने उनीहरूका संचार जगतले तिललाई पहाड बनाएर मानव अधिकारको रक्षाको नाममा आर्थिक नाकाबन्दीदेखि सैनिक कार्वाही वा हस्तक्षेप गर्न पछि पर्दैनन् । जबकि अमेरिका भित्रै अमेरिकी अफ्रिकीमूलका नागरिक, स्पेनिस वा जिप्सीहरूप्रति ठूलो जातीय, वर्गीय नस्लीय, लैङ्गिक आदि भेदभाव, घृणा, अपमान र दमनगर्दै आएको छ । यसकारण जातिवादी इज्रायलले गाजामा गरिरहेको क्रुर नरसंहारलाई समर्थन गरिरहेछ । राष्ट्रसङ्घमा इज्रायलका विरुद्ध आउने कुनै पन प्रस्तावलाई असफल गराउन भिटो (विशेषाधिकार) प्रयोग गर्दै आएको छ । अमेरिकी साम्राज्यवादी मात्र होइन विकसित पुँजीवादी मुुलुकहरूले पनि इज्रायललाई उसको नरसंहारको कदमलाई अप्रत्यक्ष रुपले समर्थन गर्दै आएका छन् ।
अमेरिका लगायत सम्पूर्ण विकसित पुँजीवादी मुलुकहरूले हमासलाई एउटा आतङ्कवादी सङ्गठन भनेर बदनाम गर्दै छन् । हमास आतङ्कवादी कि इज्रायली नेतान्याहुको सत्ता आतङ्कवादी भन्ने पक्षमा हामीले के विर्सनु हुँदैन भने इज्रायली सुरक्षा सेनाले दश वर्षको बच्चालाई पनि आतङ्कवादीको अभियोग लगाएर जेलमा हाल्नु यातना दिनु, इज्रायलीलाई ढुङ्गा हानेको अभियोगमा गिरफ्तार गरेर वर्षौसम्म जेलमा यातना दिएर राख्नु चाहिं हुँदैन । आतङ्कवादी लुकेको आशङ्कामा अस्पतालमा बम वर्षा गर्नु, एम्बुलेन्समा आक्रमण गर्नु, पानी, विजुली, रसद पानी सबै बन्द गर्नु पनि आतङ्क नदेख्ने पश्चिमी जगतको फासिष्ट दृष्टिकोण हो ।
हमासलाई अमेरिकी तथा यूरोपेली मुलुकका नरभक्षी शासकहरूले एउटा आतङ्कवादी सङ्गठन भने पनि विश्वका शान्तिप्रिय आम जनताले फिलिस्तिनी जनताको आम नरसंहारको विरुद्ध अमेरिका तथा यूरोपली मुलुकहरूमा इज्रायली जातिवादी सत्ताका विरुद्ध प्रदर्शनहरू भएका छन् । हमासले आजसम्मको सङ्घर्षको इतिहासमा यति लामो कठोर सशस्त्र सङ्घर्ष गर्छ भनेर इज्रायलीले अनुमान गरेको थिएन । गाजापट्टीमा हमासले जुन ५०० किलोमिटर शुरुङको जाल निर्माण गरेर इज्रायलका विरुद्ध युद्ध गरिरहेछ जुन सर्वसाधारणहरूको कल्पनामा पनि थिएन । यस्तो सुरुङ युद्ध शायद मानव इतिहासमा छैन । इज्रायली सेनाले हजारौँ टन बमले फिलिस्तिनीको नरसंहार मात्र होइन तीस चालीस मिटरसम्म गहिरो खाडल बनाएर हमासका सुरुङहरूलाई ध्वस्त गरे तापनि हमासका लडाकुहरू दृढतापूर्वक लडिरहेछन् ।
आकाशबाट बम वर्षा र जमिनबाट सयौँ टैँकहरूले गोला बारुद वर्षा गरे पनि हमासका लडाकुहरूले अनेकौँ इज्रायली टैँकहरूलाई ध्वस्त गर्दै छन् । जेरूसलमसम्म नि हमासका लडाकाले रकेट र क्षेप्यास्त्रले प्रहार गर्दै छन् र धनजनको क्षति पुर्याउँदैछन् । यमनका हुथी, लेवनानका हिजबुल्लाले पनि इज्रायली क्षेत्रमा आक्रमण गर्दैछन् भने नेटो सदस्य रहेको टर्कीको एदर्रेगान सत्ताले पनि फिलिस्तिनीको पक्षमा समर्थन जनाउँदै इज्रायलले फिलिस्तिनी जनताको नरसंहार गरेकोमा भत्र्सना गरिरहेछ । अरबका जनताले आफ्ना सरकारहरूलाई इज्रायलका विरुद्ध लड्न दबाब दिइरहेछन् । यो युद्धमा फिलिस्तिनी जनताको जीत हुनेछ यो जातिवादी इज्रायलीको त्यो भविष्यको गर्भमा छ तर पनि जीत ढिलो वा चाँडो फिलिस्तिनी जनताकै हुनेछ । किनभने शताब्दीअौँदेखि फिलिस्तिनी जनता स्वतन्त्र हुने लक्ष्यलाई लिएर लडिरहेछन् । जेरूसलम फिलिस्तिन, क्रिश्चियन र यहुदीको पवित्र तीर्थस्थल हो । यसले ४००० वर्षको इतिहास बोकेको दावी गरिन्छ । यसबारे संक्षेपमा केही चर्चा गरौँ ।
फिलिस्तिनको हृदयस्थल जेरूसलम १३ अौँ शताब्दीदेखि मुस्लिम र मुस्लिम भन्दापहिले यहुदी तथा इसाइका लागि सबैभन्दा ठूलो धार्मिक केन्द्र रहेको छ । यसकारण तिनै धर्मावलम्बीहरू यसमाथि अधिकार जमाउन सङ्घर्ष गर्दै आएका छन् । जहाँसम्म फिलिस्तिनको इतिहासको प्रश्न छ प्रथम विश्वयुद्धसम्म तुर्क साम्राज्यको अधीनमा थियो । प्रथम विश्वयुद्धपछि राष्ट्रसङ्घको मातहतमा राखियो । बेलायतको नियन्त्रण पछि यस क्षेत्रमा यहुदीहरूको ठूलो सङ्ख्या आएर बस्न लागे । उनीहरूको अनुपात १९२० मा १६ प्रतिशत १९४७ मा २४ प्रतिशत पुगे । बाहिरबाट आएका यहुदीहरू स्थानीय अरबहरू भन्दा शिक्षित, सम्पन्न र कर्मठ भएकाले उनीहरूले कृषि, उद्योग आदि क्षेत्रमा ठूलो प्रगति गर्नुका साथै सम्पूर्ण व्यापारिक प्रतिष्ठानहरूमाथि आप्mनो अधिकार जमाए र यसको परिणाम के भयो भने अरेबिलीहरूमा प्रतिरोधको भावना उत्पन्न भयो र यहुदीको सङ्ख्या १५ हजार गर्ने माग गरे तापनि यहुदीहरू यूरोपमा जहाँ त्यही पीडित अपमानित र दमित भएकाले फिलिस्तिनी क्षेत्रमा आएर बस्न चाहन्थे । किनभने उनीहरूको कुनै आप्mनो (मुलुक) राष्ट्र थिएन ।
बेलायती साम्राज्यवादीले एकातिर प्रथम विश्वयुद्धको समयमा जीतपछि फिलिस्तिनीलाई अरब राष्ट्रहरूसँग मिलाउने, तुर्क शासनबाट मुक्त हुन्छौँ भन्यो । अर्कातिर धनी यहुदीहरूलाई फिलिस्तिनमा आएर बस्न निम्तो दियो । बेलायतले यसो किन गर्यो भने संयुक्त राज्य अमेरिकी सरकार र यहुदी समाजको ठूलो दबाब पर्यो । स्मरणीय छ इज्रायल हमास युद्ध शुरु हुनासाथ अमेरिकी राष्ट्रपति वाइडेन आफै इज्रायल गएर नेतन्याहुको पिठ थपथपाएर युद्धको समर्थन गरे । २ नोभेम्बर १९१७ मा ब्रिटिश विदेशमन्त्री बेलफोरले यहुदीहरूको राष्ट्रिय घर को स्थापनाको घोषणा गरेका थिए । यस घोषणालाई बेलफोर घोषणा भनिन्छ । यसरी फिलिस्तिनमा यहुदीको राज्य स्थापनाको जग राख्यो । बेलायतले फिलिस्तिनीहरूलाई बेइमानी, गद्दारी गर्यो । यस घोषणापछि विश्वका यहुदीहरू फिलिस्तिनमा ओइरो लागे । यसरी यहुदी, अरब र फिलिस्तिनीको मारकाटको श्रृङ्खला चालु भयो । १४ मई १९४८ मा बेलायतले फिलिस्तिनमा आफ्नो प्रभुत्व समाप्त भएको घोषणा गर्यो र यसै समयमा यहुदी राज्यको पनि घोषणा भयो । तुरुन्त ५ मिनेटमै अमेरिकाले इज्रायली राज्यलाई मान्यता दियो भने तेस्रो दिनु सोभियत सङ्घ र पूर्वी यूरोपेली देशहरूले पनि मान्यता दिए ।
प्रथम अरब इज्रायल युद्ध :
इज्रायलको स्थापनापछि मिस्र, सिरिया, जोर्डन, लेबनान, यमन र सउदी अरबले इज्रायलमाथि आक्रमण गरे । तर हारे । जसको परिणाम इज्रायलको स्थापना हुँदा १४,०० वर्ग किमि थियो लडाइँमा जीत हासिल गरेपछि अरब क्षेत्रको २०,७०० वर्ग किमि भूमि इज्रायलमा मिलायो । फिलिस्तिनीको ७० प्रतिशत जनता शरणार्थी भए र गाजापट्टी, जोर्डन, सिरिया तथा लेबनानमा बसाइयो । दोस्रो, तेस्रो, चौथो अरब इज्रायल युद्ध भैसकेको छ । चौथो अरब इज्रायल युद्ध ६ अक्टोबरदेखि २२ अक्टोबर १९७३ सम्म चल्यो । यस लडाइँमा अरब राष्ट्रले आप्mनो गुमेको भूभाग त पाउन नसके पनि आफ्नो गुमेको इज्जत थोरै प्राप्त गरे । इज्रायल अपराजेय होइन भन्ने सन्देश दिए ।
अन्त्यमा किन सम्पूर्ण यूरोपमा यहुदीहरूलाई घृणा गरेर अपमानित र दमन गरियो भन्ने प्रश्नतिर लागौँ । जेरूसलम यहुदी, क्रिश्चियन र मुस्लिमहरूको पवित्र स्थल हो । रोमका शासकहरूले क्रिश्चियन धर्म लिएपछि शक्ति लगाएर यूरोपमा इसाई धर्मावलम्बीको सङ्ख्या ठूलो बनाए । यहुदीहरूलाई क्रिश्चियनहरूले परास्त गरेपछि हरूवा यहुदीलाई बदनाम गर्ने एउटा कारण यहुदीले नै क्राइष्टलाई क्रसमा राखेर मारेको भनिन्छ तापनि रोमनहरूले क्राइस्टलाई मारेको दावी पनि गरिन्छ । विभिन्न यूरोपेली भूभागमा यहुदीको नरसंहार भए र हिटलरले ६० लाख यहुदीको नरसंहार गरेको त सर्वविदित छ । इसाईहरूले यहुदीलाई सबैभन्दा बढी निकृष्ट जातिको रुपमा पेश गर्दै यहुदीहरू फोहोरी, असभ्य, सन्धी र फटाहा भनेर व्यापक प्रचार प्रसार गरिएकाले यहुदीहरूप्रति नराम्रो धारणा यूरोपेली शोषक शासक वर्गले फैलाएर दमन गरेका हुन् । यहुदीको आप्mनो राष्ट्र नभएकाले दु:ख खेपे । अहिले इज्रायल एउटा मुलुकको रुपमा स्थापित मात्र नभएर आर्थिक र राजनैतिक शक्तिको रुपमा पनि अरब जगतलाई चुनौती दिन सफल भएको छ । विश्लेषकहरू अमेरिकी राजनीतिक तथा अर्थनीतिमा पनि यहुदीहरूको प्रभुत्व भूमिका छ । इज्रायलको विवादित भूमि जेरूसलमलाई इज्रायलको राजधानी घोषणालाई पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन नै गरे ।