दाङ्ग, १० पौष । दाङमा १३१ औँ माओ दिवस दुई कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी मशाल र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संयुक्त आयोजनामा देउखुरीको गढ़वा गाउपालिका वड़ा नंबर ५ धरमपुरको सामुदायिक भवनमा मनाइएको छ ।
कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इंचार्ज समीर केसीले कामरेड माओको फोटोमा माल्यार्पण गरी शुरू भएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मशालका) जिल्ला सचिव राम बहादुर जीएम, रक्तिम सांस्कृतिक परिवारका पुर्व केन्द्रीय अध्यक्ष नारायण योगी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका केन्द्रीय सदस्य अम्मर पोखरेल, थारुवान मुक्तिमोर्चा केन्द्रीय सदस्य रामजी चौधरीको आसान ग्रहण रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताले गरिखाने वर्ग मजदूर, किसानको आर्थिक भौतिक अवस्थामा कुनै परिवर्तन भएन। किसान मजदुर चुनाबी गुलिया नाराबाट बाहिर आएर सिंगो किसान मजदूर एक भएर संघर्ष नगरी जीवनस्तरमा कुनै परिवर्तन आउने छैन। २००७ साल मै कांग्रेसले जग्गा कस्को जोत्नेको भनेको पार्टी आज सरकारको पार्टनर हो । उसले किन किसानको लागि एक शब्द बोल्दैन ? प्रश्न गरिएको थियो ।
देशको आमुल परिवर्तनको मुद्दा बोकेर दश वर्ष सशस्त्र संघर्षबाट आएको माओवादी आज यही दलाल पूँजीवादी व्यवस्थाको प्रतिक्रियावादी राज्यमा रमाउन थालेपछी गरीखाने श्रमजीबी जनताका सपना कता जान्छन् ? हामीले जनताका सपना मर्न दिनु हुँदैन । हामी यही ठाउँबाट उठ्नु पर्दछ यो समयको पुकार हो, हामी सबैको साझा गन्तव्य जनवादी क्रान्ति हुँदै समाजवादी बाटोमा अघि बढ्ने हो भन्नु भयो।
कार्यक्रममा रक्तिम परिवारका पूर्व केन्द्रीय अध्यक्ष्य नारायण योगीले गीत प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता कामरेड नबीनले गर्नु भएको थियो । संचालन नेपाल कम्युनिस्ट पार्टी (मशाल)का जिल्ला सदस्य लीला बहादुर पुन (लालध्वज)ले र क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य इश्वरी प्रसाद गैरेले स्वागत मन्तव्य राख्नु भएको थियो।