नेकपा (मशाल) रुपन्देहीले मनायो माओ दिवस

बुटवल, पुस १० । नेकपा (मशाल) रुपन्देहीको आयोजनामा १३१ औँ माओ जन्म दिवस एक कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका महासचिव सन्तवहादुर नेपालीले माओका विचारहरुलाई नेपालको सन्दर्भमा लागू नगरेसम्म देश अगाडि बढ्न नसक्ने ठोकुवा गर्नुभयो । पुँजीवादको विकास भइनसकेको अवस्थामा समेत क्रान्ति सफल हुन सक्छ भन्नेकुरा माओले चिनमा पुष्टि गरेर विश्वभरिका क्रान्तिकारीहरुलाई ठुलो योगदान दिएको वताउनु भयो । माओका विचार विरुद्ध प्रतिक्रियावादी मात्रै होइन, कम्युनिस्ट पार्टी बाटै हमला भइरहेको छ । क्रान्तिकारीहरुले माओको विचारलाई लागू गर्न सही र शसक्त क्रान्तिकारी पार्टी निर्माण गर्दै अगाडि बढ्ने जिम्मेवारी युगले हामीलाई सुम्पेको ठुलो जिम्मेवारी हो, त्यसलाई पुरा गर्नु पर्दछ ।

माक्र्सवादी विचार मञ्चका सचिब विनबहादुर कुँवरले जब जनता जुट्छन् प्रतिक्रियावादी वास्तवमै कागजी बाघ बनेको इतिहास छ, त्यसलाई मनन गर्दै जनताको बिद्रोह उठाउन कम्युनिस्ट पार्टीले पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद अहिले नेपालमा एमसिसि मार्फत नेपाललाई युद्धको मैदान बनाउने षडयन्त्र भएको छ, त्यसलाई जनताको आन्दोलनले खारेज गरिनुपर्छ ।

कार्यक्रममा नेकपा (मशाल) कपिलवस्तु सचिव हिमलाल वाग्लेले माओका योगदानलाई स्मरण गर्दै उहाँका योगदानलाई नेपालको सन्दर्भमा कसरी लागु गर्ने ? कम्युनिस्ट पार्टीले योजना बनाउनु पर्ने कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा (मशाल) रुपन्देही जिल्ला सदस्य दयाराम खनालको अध्यक्षता, दिपक पौडेलको संचालन र मनिराम सापकोटाको स्वागत मन्तव्य रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित