मनाईयो १३१औँ माओ जयन्ती

काठमाडौँ । चीनियाँ कम्युनिष्ट पार्टीका महान नेता तथा विश्व कम्युनिष्ट आन्दोलनका नेता माओत्सेतुङको १३१ अौँ जयन्ती देश विदेशमा भव्यताका साथ मनाईएको छ । माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सबैले माओले आफ्नो जीवनकालमा कम्युनिष्ट आन्दोलनप्रति पुर्‍याएको योगदान, भूमिका, विश्व सर्वहारा आन्दोलनमा पुर्‍याएको योगदानका बारेमा चर्चा परिचर्चा र मूल्याङ्कन गरिएको थियो । चीनियाँ कम्युनिष्ट पार्टीका नेता माओले आफ्नो जीवनकालभरि सङ्गठन,सर्वहारा दर्शन, राजनीतिको सेवा गरेका थिए । उनको नेतृत्वमा साम्राज्यवादीहरूको केन्द्र बनेको चीन स्वतन्त्र भएको थियो । उनको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । उनले कम्युनिष्ट आन्दोलन भित्र घुस्न सफल भएका प्रतिक्रियावदीहरूले सङ्गठनलाई गलत दिशातिर लैजान खोज्दा त्यसको विरोधमा कडा सङ्घर्ष चलाएका थिए । साथै भन्दा कम्युनिष्ट भएपनि व्यवहारिक रुपमा कम्युनिष्ट आचरण, बानी, व्यवहार अपनाउन नसकेमा कम्युनिष्ट रहन सकिँदैन भन्दै र कम्युनिष्ट पार्टीलाई सबै हिसाबले सर्वहाराकरण गर्नुपर्छ भन्दै महान सर्वहारा साँस्कृतिक क्रान्ति चलाएका थिए ।

माओको १३१ अौँ जयन्ती नेकपा (मशाल) केन्द्रीय समितिको आयोजनामा भर्चुअल कार्यक्रम गरी मनाईएको छ । नेकपा (मशाल) पोलिटव्यूरो सदस्य चिन्तामणि शर्माको अध्यक्षता संचालन र स्वागतमा अगाडि बढेको कार्यक्रममा नेकपा (मशाल) का महासचिव सन्त बहादुर नेपाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा मुट्ठी उठाएर ज्ञात अज्ञात शहिदहरूप्रति मौनधारण पछि अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि सन्तबहादुर नेपालीले माओको कम्युनिष्ट आन्दोलन, साहित्य, दर्शनमा रहेको योगदानको चर्चा गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा पनि निकै सचेतता पूर्वक क्रान्तिकारी गतिविधिलाई अगाडि बढाउनु पर्ने बताए । नेपालीले अहिले पनि कम्युनिष्ट पार्टीका नेताहरूले जनतालाई कम्युनिष्ट पार्टी हौँ भन्दै झुक्याईरहेको र नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद हावी भएको बताए । यसले जनताको मुक्ति गर्न नसक्ने भन्दै सच्चा कम्युनिष्ट पार्टी बन्नको लागि माओको दर्शन सिद्धान्त तथा राजनीतिको अनुशरण गर्नु पर्ने बताए । उनले अहिलेको समसामयिक राजनीति निकै जटिलतापूर्वक अगाडि बढेको बताउँदै देश साम्राज्यवादीहरूको अखडा बन्न लागेकोमा नेपाली क्रान्तिकारीहरू सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अतिथि वक्ताहरूले माओको योगदानको उच्च मूल्याङकन गरेका थिए । कार्यक्रममा अन्य वक्ताहरूमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश ओली रहेका थिए । कार्र्यक्रममा पिताम्बर भट्टराईले माओत्सेतुङको बारे एक कविता वाचन गरेका थिए ।

रुपन्देही :
बुटवल । नेकपा (मशाल) रुपन्देहीको आयोजनामा १३१ अौँ माओ जन्म दिवस एक कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले माओको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको अतुलनीय योगदानको चर्चा गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनले पनि माओको योगदानबाट धेरै पाठ सिक्न सक्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका महासचिव सन्तवहादुर नेपालीले माओका विचारहरूलाई नेपालको सन्दर्भमा लागू नगरेसम्म देश अगाडि बढ्न नसक्ने ठोकुवा गर्नुभयो ।

महासचिव नेपालीले थप जोड दिंदै “पुँजीवादको विकास भइनसकेको अवस्थामा समेत क्रान्ति सफल हुन सक्छ भन्नेकुरा माओले चीनमा पुष्टि गरेर विश्वभरिका क्रान्तिकारीहरूलाई ठुलो योगदान दिएको बताउनु भयो । माओका विचार विरुद्ध प्रतिक्रियावादी मात्रै होइन, कम्युनिस्ट पार्टी बाटै हमला भइरहेको छ । क्रान्तिकारीहरूले माओको विचारलाई लागू गर्न सही र सशक्त क्रान्तिकारी पार्टी निर्माण गर्दै अगाडि बढ्ने जिम्मेवारी युगले हामीलाई सुम्पेको ठुलो जिम्मेवारी हो, त्यसलाई पुरागर्नु पर्दछ । ”

माक्र्सवादी विचार मञ्चका उपाध्यक्ष विनबहादुर कुँवरले जब जनता जुट्छन् प्रतिक्रियावादी वास्तवमै कागजी बाघ बनेको इतिहास छ, त्यसलाई मनन गर्दै जनताको विद्रोह उठाउन कम्युनिस्ट पार्टीले पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद अहिले नेपालमा एमसिसि मार्फत नेपाललाई युद्धको मैदान बनाउने षडयन्त्र भएको छ, त्यसलाई जनताको आन्दोलनले खारेज गरिनुपर्छ । कार्यक्रममा नेकपा (मशाल) कपिलवस्तु सचिव हिमलाल वाग्लेले माओका योगदानलाई स्मरण गर्दै उहाँका योगदानलाई नेपालको सन्दर्भमा कसरी लागु गर्ने ? कम्युनिस्ट पार्टीले योजना बनाउनु पर्ने कुरा उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा (मशाल) रुपन्देही जिल्ला सदस्य दयाराम खनालको अध्यक्षता, दिपक पौडेलको संचालन र मनिराम सापकोटाको स्वागत मन्तव्य रहेको थियो ।

काठमाडौँ :
काठमाडौँमा १३१ अौँ माओ जयन्ती एक समारोहको आयोजना गरी मनाइएको छ । क्रान्तिकारी मोर्चा नेपालमा आवद्ध एक घटक नेकपाको आयोजनामा एक कार्यक्रम गरी मनाइएको हो । कार्यक्रमको अध्यक्षता नेकपाका अध्यक्ष लोकनारायण ससुवेदीले गरेका थिए । शहिदहरूप्रति एकमिनेट मौनधारण गरी अगाडि बढेको कार्यक्रममा अतिथिहरू नेकपा (मशालका पोलिटव्यूरो सदस्य चिन्तामणि पौडेल, राजनीतिक संवाद थालनीका सङ्गीत श्रोता, स्वतन्त्र वाम बुद्धिजीवी डा. मोहन खतिवडा, नेकपा (रातो तारा)का महासचिव लक्ष्मण उप्रेती, नयाँ जनवादी मोर्चाका शुम्भ कट्टेल, स्वतन्त्र वाम बुद्धिजीवी पुस्कर गौतम र राजनीतिक सरोकार अभियानका यशु चौलागाई रहेका थिए ।

कार्यक्रममा अतिथि वक्ताहरूले माओको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै माओले देखाएको बाटोमा अगाडि बढ्नुपर्ने बताएका थिए ।

दाङ:
१३१ सौ माओ दिवस समारोहको दुई कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (मशाल) दाङ र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्लाको आयोजनामा देउखुरीको गढ़वा गाउपालिका वड़ा नं. ५ धरमपुरको सामुदायिक भवनमा सम्पन्न भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इचार्ज समीर केसीले कामरेड माओको फोटोमा माल्यार्पण गरी शुरू भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मशालका) जिल्ला सचिव रामबहादुर जी एम, रक्तिम सांस्कृतिक परिवारका पुर्व केन्द्रीय अध्यक्ष नारायण योगी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका केन्द्रीय सदस्य अम्मर पोखरेल, थारुवान मुक्तिमोर्चा केन्द्रीय सदस्य राम जी चौधरीको आसन ग्रहण रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले माओ जयन्तीको महत्त्वयको चर्चा गर्दै वर्तमानमा नेपाली जनताले भोग्नु परेका समस्याहरूको उठान गरेका थिए । अतिथिहरूले गरिखाने वर्ग मजदूर किसानले आफ्नो आर्थिक भौतिक अवस्थामा कुनै परिवर्तन भएन । किसान मजदूरहरू चुनाबी चेकलेटबाट बाहिर आएर सिङ्गो किसान मजदुर एक भएर सङ्घर्ष नगरी हाम्रो जीवनस्तरमा कुनै परिवर्तन आउने छैन । २००७ साल मैं काङ्ग्रेसले जग्गा कसको जोतनेको घर कसको जोत्नेको भनेको काङ्ग्रेस आज सरकारको पार्टनर हो किन किसानको लागि एक शब्द बोल्दैन ? प्रश्न गरेका थिए । देशको आमुल परिवर्तनको मुद्दा बोकेर १० वर्ष सशस्त्र सङ्घर्षबाट आएको माओवादी आज यही दलाल पुँजीवादी व्यवस्थाको प्रतिक्रियावादी राज्य व्यवस्थामा रमाउन थाले पछि ती गरी खाने श्रमजीवी जनताका सपना मर्न दिने छैनौँ । हामी यही ठाउँबाट उठने छौँ हामी जुटने छांै यो समयको पुकार हो भनेका थिए । हामी सबैको साझा गन्तव्य जनवादी क्रान्ति हँुदै समाजवादी बाटोमा अघि बढने छांै भन्दै समाजवादी आन्दोलनमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा रक्तिम परिवारका पूर्व केन्द्रीय अध्यक्ष्य नारायण योगीले गीत प्रस्तुत गरेका थिए । नवीनको अध्यक्षता, संचालन नेपाल कम्युनिस्ट पार्टी (मशाल)का जिल्ला सदस्य लीला बहादुर पुन (लालध्वज) ले गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य ईश्वरी प्रसाद गैरेको स्वागतमा मन्तव्य राखेका थिए ।

नवलपुर :
नेकपा (मशाल) नवलपुरले एक कार्यक्रम गरी १३१अौँ माओ जयन्ती मनाएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय सदस्य राधाकृष्ण आचार्यको अध्यक्षता रामप्रसाद आचार्यको संचालन र शहिदहरू प्रति एकमिनेट मौनधारण पछि अगाडि बढेको थियो । । कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष लेखनाथ शर्मा र अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष मिना आचार्यले माओको कम्युनिष्ट आन्दोलनमा दिएको देनबारे प्रष्ट पारेका थिए ।

अर्घाखाँची :
नेपाल कम्युनिस्ट पार्टी मशाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा १३१ अौँ माओ दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र थापा, अनेकिसान महासङ्घ केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, अखिल नेपाल युवक सङ्घ केन्द्रीय उपाध्यक्ष राजेन्द्र नेपाली, अखिल नेपाल शिक्षक केन्द्रीय उपाध्यक्ष दलबहादुर खत्री, अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य मिना केसी, अनेकिसान सङ्घ जिल्ला अध्यक्ष बुद्धि गैरे, कोषाध्यक्ष खिमराज भट्टराइले मन्तव्य राखेका थिए । कार्यक्रम पिताम्बर भट्टराईको अध्यक्षता र ज्ञानप्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।

मोरङ
नेकपा (मशाल) कोशी प्रदेश ब्युरोको आयोजनामा पौष १० गते मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका वडा नम्बर ८ स्थित सामुदायिक वन उपभोक्त समितिको कार्यालयको सभा कक्षमा १३१ अौँ माओ दिवस मनाइएकोछ । अन्तरक्रिया कार्यक्रममा नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढाले छलफलका लागि “नेपालमा माओको योगदानको सान्दर्भिकता” विषयक आधार पत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा (मशाल) का कोशी प्रदेश ब्युरो प्रबक्ता योगेन्द्र ढकालको अध्यक्षता, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य बालकृष्ण सुबेदीको सन्चालन र महिला नेतृ राधिका ढकाल खतिवडाको स्वागत रहेको थियो । सहिदहरू र कामरेड माओ प्रति एक मिनेट मौन धारण पनि गरिएकोथियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य द्वय बिमल निरौला र नरेश शर्मा, नेकपा ( एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवम् पूर्व सांसद हर्कमान तामाङ,नेकपा (मार्क्सवादी पुष्पलाल) का केन्द्रीय सदस्य कुबेर प्रशाद कोइराला, नेकपाका केन्द्रीय सदस्य गणेश कुमार खडका, नेकपा (रातो तारा) का केन्द्रीय सदस्य तृमान घतानी, नेकपा ( माओवादी केन्द्र) का रोहित चौधरी लगायतले आधार पत्र माथि टिप्पणी गरेका थिए ।

वक्ताहरूले माओको योगदानको चर्चा गर्दै अहिले पनि माओको योगदानको सान्दर्भिकता रहेको बताएकाथिए । एकीकृत समाजवादीका नेता हर्कमान तामाङ्ले इण्डोनेसियाका लाखौँ कम्युनिस्टहरूलाई प्रतिक्रियावादीहरूले हत्या गरेको घटना सुनाएकाथिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रतिनिधिहरूले क्रान्तिकारी शक्तिहरूको ध्रुबीकरणको आबश्यकतामा जोड दिएका थिए । लेखक मोहन तिमल्सिनाले माओ एक सैन्य रणनीतिका कुशल नेता रहेको चर्चा गरेका थिए । रातो ताराका घतानीले कथित नयाँ शक्तिबाट हैन सच्चा कम्युनिस्ट आन्दोलनबाट देश र जनताको मुक्ति हुने बताएका थिए । नेकपा र मार्क्सवादी पुष्पलालका प्रतिनिधिहरूले नेपालमा पुष्पलालले नयाँ जनावाद र संयुक्त मोर्चा निर्माणका लागि गरेको योगदानको चर्चा गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित