पुस १३, काठमाडाैँ । बालकुमारीमा प्रहरीले आन्दोलनकारी युवामाथि गोली चलाएर बर्बरता प्रदर्शन गरेको छ ।लकोरियाली भाषा परीक्षामा सहभागी गराउन माग गर्दै कोरिया भाषा सिकेका युवाहरुले बालकुमारी स्थित इपिएस कार्यालय अगाडि प्रदर्शन गरेका थिए । प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाई २३ वर्षीय सुजन राउतको ज्यान लिएको छ भने ५४ जना लाई गिरफ्तार गरेको छ ।
विहानैदेखि प्रदर्शन गरेका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा समेत आगजनी गरेका थिए । प्रहरीको गोली लागी घाइते भएका उनी किस्ट अस्पतालमा मुत्यु भएको बताए पनि अस्पतालले भने युवालाई अस्पताल ल्याउँदा नै मृत्यु भईसकेको जनाएको छ ।
एकातिर रोजगारी नपाउनु, अर्कातिर रोजगारीका लागि जान पाउँ काम गर्न जान पाउँ भनेर आन्दोलन गरेका युवामाथिको यो सरकार यो बर्बरता प्रर्दशन गरेको छ ।