काठमाडौ, पुस १३ । ललितपुरको बालकुमारीमा प्रर्दशनमा संलग्न अर्का एक जना युवाको पनि प्रहरीको गोलीबाट मृत्यु भएको छ मृत्युहुनेमा डोटीका विरेन्द्र शाह रहेको प्रहरीले जनाएको छ । उनी संगै मृत्युहुनेको संख्या दुई पुगेको छ एक जना अत्यन्तै सिकिस्त रहेको प्रहरीले जनाएको छ ।
ललितपुरको इपिएस कार्यालय नजिकै कोरिया जानका लागि भाषा परिक्षामा सहभागि नगराएको भन्दै युवाहरुले प्रर्दशन गरेका थिए ।प्रर्दशनमा भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा युवाहरुले आगजनी गरेका थिए ।प्रहरीले उनीहरुमाथि अश्रु ग्यास र गोलीचलाएको थियो ।
बालकुमारी घट्नाबारे छानविन गर्न समिति गठन
बालकुमारी घट्नाबारे छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । गृहमन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्तमा तीन सदस्स्यीय समिति गठन गरेका छ ।
समितिका अन्य सदस्यमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्टिय अनुसन्धान का उप अनुसन्धान निर्देशक बासु सिग्देल रहेका छन् ।