मनु विक ••
काम गरी खान विदेश जान्छु भन्दा ललितपुरको बालकुमारीमा आज अनाहकमा दुई युवाको ज्यान गएको छ । अझै कतिजनाको ज्यान जाने हो भन्ने त्रास छ । अब अझै धेरैको ज्यान नगइदिए हुन्थ्यो भन्ने कामना । ज्यान गएकाहरु २३ वर्षीय सुजन राउत र डोटीका विरेन्द्र शाहको ज्यान गएको समाचार आएको छ । प्रहरीले उनीहरुमाथि गोली अश्रु ग्यास हानेका छन्, मनलागि गरेका छन् । प्रहरीले युवाहरुलाई गिरफ्तार पनि गरेको छ । उनीहरु सरकारसंग केही खोज्न माग्न गएका थिएनन् ।उनीहरु सरकारसंग हामीलाई अयोग्य नबनाउ परिक्षा दिन पाउँ र विदेश पसिना बेच्न जाउँ भन्ने व्यवस्था गर्न मात्रै सरकारसंग माग गरेका थिए । तर उनीहरुलाई सत्ताले उन्मुक्त भएको सरकारले मारेको छ गिरफ्तार गरेको छ ।
सरकारले युवाहरुको ज्यान लिएको छ । सरकार कुन अवस्थामा रहेको छ र नेपाली युवाहरुले रोजगारीकोलागि कति दुःख भोग्नु परेको छ भन्ने यसले देखाएको छ । उनीहरुलाई मन्त्रीको गाडिमा आगजनी गरेको देखेर प्रहरीले अन्धाधुन्द गोली चलाएको छ । उनीहरुलाई गिरफ्तार गरेको छ । यो निकै दुःखद रहेको छ । सब भन्दा पहिले यो दुखद घडिमा मृतक युवाहरु प्रति श्रद्धान्जली पर्कट गर्दै शोक सन्तप्त परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना सहित पीडितलाई राहत र क्षतिपूर्तिको माग गर्दछु । गिरफ्तारहरुलाई विनाशर्त रिहागर्न सरकारसंग जोडदार माग गर्दछु यो निकै दुःखद तथा कारुणिक अवस्था हो नेपाली युवाहरुको । जो काम गर्न देशमा केही काम नपाएर विदेश जान बाध्य सरकरले पारेको छ ।
सरकारले विज्ञापन गर्दै युवाहरु विदेश पास गर्दै ठिक्क छ । देश युवा अवस्थामा रहेको छ । सरकारले नै संचालन गर्न दिएका भाषा कक्षाहरुमा युवाको खर्च भईरेहको हुन्छ । खर्च मात्रै भएर भएन हामी जान पाउनु पर्छ सरकारले हामीलाई उही स्थानमा नभएपनि अर्को स्थानमा कोरियामा रोजगारी गर्न जाने व्यवस्था गर्न पयो भनेर माग गर्न गएका युवाहरुको ज्यान गईसकेको छ । यसले विश्वमा नेपालको बेइज्ज्यत गराइएको छ । देशमा रोजगारको व्यवस्था गर्न ढिला भइसकेको छ । आज बालकुमारीमा युवाहरुमाथि गोली चलाएर मारेर देशको रोजगारीमा रहेको समस्या समाधान हुने होईन
आज सरकारले केही संख्यामा रहेका वेरोजगार युवामाथि गोली चलाएको छ । तर देशभरिनै रोजगारी नपाएको युवाहरु बालकुमारी मात्र हैन देशै भरि उठेमा सरकारले के सबैलाई गोली चलाएर सक्न सक्ला ? गोली चलाएर देशमा रहेको वेरोजगारीको समस्या समधान होला ? सरकारको यस्तै तरिकाले नै नेपालीहरु अवैध बाटोबाट पनि विदेश जाने गरेका छन् । सरकार जनता भन्दा ठूलो मन्त्रकिो गाडी होईन । तर मन्त्री र सरकारलाई काम गरेको देखाउन र नेपाली जनताको करबाट खाएको जागिर बचाउन गोलीले अनाहकमा नेपाली युवाको ज्यान गएको छ ।