अंग्रेजी नयाँ वर्ष २०२४ को प्रारम्भ

काठमाडौं, १६ पौष । सन् २०२३ लाई बिदाइ गर्दै आजदेखि सन् २०२४ सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्वत भएकाले यो नयाँ वर्षको उत्साह प्राय: अधिकांश देशमा हुने गरेको छ । यसको विश्वव्यापी रुपमा छुट्टै प्रतिष्ठा छ । नेपालले नेपालभित्र बिक्रम सम्बत प्रयोग गरे पनि अन्तरास्ट्रिय सम्बन्धको मामला इश्विसम्वत् बाटै काम चलाउनु पर्ने बाध्यता छ ।

हरेकले नयाँ वर्षको दिन अघिल्लो वर्ष गरेको कामलाई समीक्षा गर्दै अझ नयाँ गर्ने इच्छा र वाचाहरु गर्दै अगाडि बढेको हुन्छ । सन् २०२३ को पहिलो महिना नेपालका लागि ठूलो दुर्घटनाले धेरै पीडादायी बनेको थियो । अघिल्लो वर्ष जनवरी १५ तारिखमा काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा खस्दा ७२ यात्रुको मृत्यु भएको थियो ।

सन् २०२३ मा नेपालमा अन्य थुप्रै महत्त्वपूर्ण घटनासँगै आरोह र अवरोह आएका छन् । प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष विदेश सम्बन्धलाई सुदृढ गर्ने प्रयास गर्यो ।

संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण भयो । चिनले चौथो बिआरआई सम्मेलन गर्यो । आइएमएफले नेपाललाई एशियाकै सबैभन्दा गरीब देशका रूपमा मूल्यांकन गर्यो ।

नयाँ वर्ष सुरु हुँदा पनि रूस-युक्रेन युद्ध रोकिएको छैन । यसै वर्ष दस नेपाली युवा विद्यार्थीहरु इजरायलमा हमास आक्रमणमा मारिए । बेपत्ता एक विद्यार्थी अझै भेटिएका छैनन् ।

त्रिभुवन विश्वविद्यालयले सबैभन्दा धेरै विद्यार्थीलाई दीक्षित गराएर गिनिज बुकमा नाम लेखाएकोछ । विगतका वर्ष भन्दा धेरै विद्यार्थीहरू विदेश पलायन भए । रुकुम-जाजरकोटको भूकम्पले धेरै जनधनको क्षति भयो ।

नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम चलिरहेकोछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित