मदिराको जथाभावी बिक्री वितरण नियन्त्रणमा ध्यान दिन आवश्यक

पछिल्लो समय मदिराको बिक्री वितरण अनियन्त्रित रुपमा ह्वात्तै बढेको छ । मदिराको बिक्री वितरण भईरहँदा भने नियन्त्रण गर्ने निकायले ध्यान दिन सकिरहेको छैन । सत्तामा रहेकाहरुलाई ,सत्ता संचालकहरुलाई दल र नेताहरुलाई सत्ता र कुर्चीकै मात्र चिन्ता रहेको छ ।जनस्वास्थ्य, जनहित के भईरहेको छ भन्ने कुनै चिन्ता रहेको छैन । जनताले उनीहरुलाई कुर्चीमा पु¥याईदिउन र आफ्नो भविष्य सुरक्षित होस् भन्ने मात्रै छ ।

सबैलाई थाहा भएको कुरा हो मदिराको अध्यधिक सेवनले सेवनकर्ताको स्वास्थ्यमा नकरात्मक असर पर्दछ । विभिन्न प्राण घातक रोगहरुले तत्कालै आक्रमण गर्न सक्छन् । रोगहरुको उपचार हुन सक्दैन । समाजमा अपराध कर्म बढेर जान्छ । पैसाको बर्वादी हुन्छ घर, परिवारमा झैझगडाको सिर्जना हुन्छ । झैझगडाका साथै लडाइँ हुदा ज्यान समेत जान सक्छ । परिवारको विचल्ली हुन्छ । मदिराको कुलतले समाजमा धेरै नकारात्मक असर पर्दछ ।

जो जसले सेवन गरिरहेको छ उस समाज परिवार समाज तथा राष्ट्रपति गैरजिम्मेवार बन्दै जान्छ । यस्तो हँुदै जादाँ नागरिकबाट समाज देशले नागरिकबाट केही पाउन सक्दैन । मदिरा सेवनबाट वातावरणमा पनि अत्यधिक असर परिरहेको छ मदिरा सेवन गरी फ्याँकिएका मदिरा भरेका बोतलहरुको कसैले पनि उचित व्यवस्थापन नगर्दा वा त्यसको पुनः प्रयोग नगर्दा वातावरणमा नकरात्मक असर परिरहेको छ । मदिरा सेवन पछि मदिराका खाली भाँडोहरुलाई त्यतिकै फ्याँकिने, छोडिने गरिएका हुन्छन । यिनीहरु कुहिने फोहोर हैनन् । वषौं समयसम्म वातावरणमा त्यतिकै रहेका हुन्छन् । यसले हाम्रो माटो र प्रकृतिलाई निकै असर गरेको हुन्छ ।

कही आफ्ना चलनको नाममा, केही व्यापार व्यवसायको नाममा मदिराको जथाभावी बिक्री वितरण भईरहेको छ । सरकारले विदेशी तथा स्वदेशी मदिरा उत्पादन तथा आयातलाई निर्वाध तरिकाले खुला छोडेको छ । सरकारले करको लोभमा परी मदिराको उत्पादन तथा बिक्री वितरणलाई नियन्त्रण गर्न सकेको छैन ।

मदिरा नियन्त्रण हुनुपर्दछ । भनेर अहिले कुनै अभियान तथा सचेतना कार्यक्रम संचालन हुन सकेको छैन । कोहीको स्वास्थ्य, कोहीको परिवार, कोहीको पैसाको बर्बादी तथा कोहीको परिवारमा आउनसक्ने वा आईसकेको विग्रह वा बालबच्चाको भविष्यको विचल्ली प्रति कसैलाई मतलब छैन । कुनै पनि नैतिक मूल्य मान्यताले अब मदिरा सेवनको विषयलाई रोक लगाउन सकिरहेको छैन । पहिले पहिले मदिरा सेवनमा केही पाका उमेर पुगेकाहरुले मात्र गर्ने बच्चा युवाहरुले अली होसियारी अपनाउने जस्तो पनि गर्दथे । तर अचेल जुनसुकै बेला, समयमा मदिराको पर्याप्त उपलब्धता रहेको हुन्छ । अब मदिरा सेवनको लागि कुनै चाडवाड वा यस्तै पर्व वा विशेष समय पर्खिनु पर्दैन ।

होली पर्वको समयमा ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा दुई समुहका युवाहरुबीच सामान्य भनाभन हुँदा चक्कु हानाहान भयो । यसबाट दुई जना युवाहरुको अकालमा मृत्यु हुन पुग्यो । ललितपुर प्रहरी कार्यालयका अनुसार उनीहरुको बीचमा झगडाको कारण मदिरा सेवन रहेको थियो । कैलालीको चिसापानी कर्णाली पुलबाट १७ जना युवाहरु हाम फालेको र एक जना बेपत्ता भएको कारण पनि मदिरा नै रहेको प्रहरीले जनाएको छ । यस्ता घटनाहरु त समाजमा कति भईरहेका छन् कति ? केही दिन पहिला तराईमा मदिराको सेवनले अपराधहरु बढेको भन्दै संसदमै कुरा उठेको थियो ।
यस्तो भैरँदा भने यसको नियन्त्रण गर्ने, बिक्री वितरणमा कुनै मापदण्ड अपनाउने कुनै कडाई गर्ने काम कहीँ कतैबाट हुन सकिरहेको छैन । यसले के युवा के कम उमेरका के पाका मदिरा सेवनमा संलग्न हुने गरेका छन् ।

मदिराको जथाभावी बिक्री वितरणले समाजमा निकै असर पार्ने भएको हुनाले यसको जथाभावी उत्पादन, आयात, बिक्री वितरणलाई नियन्त्रण गर्न जरुरी रहेको छ । सरकारले नै उत्पादनमा कडाई गर्नु पर्दछ । स्थानीय निकायले पनि विक्री वितरणमा नियन्त्रण गर्नु पर्दछ मदिराको बजारलाई नियन्त्रण गर्ने प्रभावकारी तरिका अपनाउनु पर्दछ । नागरिकलाई जनचेतामूलक सन्देश दिनु पर्दछ । सार्वजनिक रुपमा जहाँ पायो त्यहीँ बिक्री वितरण गर्न दिनु हुँदैन । पाठ्यक्रमहरुमा मदिराको सेवनले पार्ने असरहरुको बारेमा समेट्नु पर्दछ । गाउँघरमा, टोल टोलमा मदिराको असरको बारेमा सचचेतना संचालन गर्नु पर्दछ । मदिराको कुलतमा फसेकाहरुलाई पुनःस्थापना केन्द्रहरुमा राखी सुधार गर्नु पर्दछ । सुधारकेन्द्रहरुलाई प्रभावकारी बनाउन पर्दछ । मदिरा उत्पादन, बिक्री वितरण, आयात सम्बन्धी कडा नीति निर्माण गर्नु पर्दछ । मदिराको जथाभावी बिक्री वितरण नियन्त्रणमा सबैको ध्यान जानु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित