हिरक वर्षका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (मशाल) जिल्ला संगठन समिति प्युठानको आयोजनामा २०८० चैत्र १९ गते जुम्रीमा “वर्तमान संसदीय व्यवस्था र कम्युनिस्ट आन्दोलनको भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको २०८१ वैशाख १० गते ७५ वर्ष पूरा हुँदै छ । नेकपा स्थापनाको हिरक वर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (मशाल ) जिल्ला संगठन समिति प्यूठानले अन्तरक्रिया कार्यक्रम राखेको हो ।

कार्यक्रममा नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढा प्रमुख अतिथि रहेका थिए । प्रबक्ता बुढाले विषयवस्तु माथि एक आधार पत्र प्रस्तुत गरेका थिए । आधार– पत्र माथि अतिथिहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज टिकाराम पौडेल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष डा. भोजविक्रम बुढामगर, नेकपा (माओवादी केन्द्र )लुम्बिनी प्रदेश सदस्य सुन्दरा के सी, नेपाल कम्युनिस्ट पार्टी पुर्वी प्युठान सेक्रेटरी मुस्कान सी, राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका संयोजक सुमन सुवेदी, बामपंथी बुद्धिजीवीहरू मोहन गिरी, ओमभक्त पण्डित, जगत प्रशाद पोख्रेल, चेत बहादुर बिष्ट र दिन बहादुर जि.सी.ले टिप्पणी गरेका थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुशिल पोख्रेल, प्रगतिशील लेखक संघ प्यूठानका अध्यक्ष लीला पुन, नेकपा (एकीकृत समाजवादी) का जिल्ला सदस्य हुम बहादुर मल्ल, प्यूठान नगरपालिका कार्यपालिका सदस्य सुनिल सापकोटा, नेकपा (मशाल) सम्बद्ध जनवर्गीय संगठनका ऋषिराम जीएम र भेषबहादुर कुँवर लगायतलाई कार्यक्रममा अतिथि आसन ग्रहण गराइएको थियो । कार्यक्रमको अन्त्यमा वक्ताहरूले उठाएका विचार, जिज्ञासा तथा टिप्पणी माथि प्रमुख अतिथि बुढाले स्पष्ट पारेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा ( मशाल) का प्यूठान जिल्ला सचिव वीर बहादुर पुन, स्वागत मन्तव्य जिल्ला प्रवक्ता ओबिराम जिएम र कार्यक्रमको सञ्चालन जितामित्र सुनारले गरेका थिए । कार्यक्रममा सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित