प्यूठान । २०८० चैत्र १७ गते प्यूठानको अर्खा मा. वि .अर्खा मा पूर्व विद्यार्थी मान बहादुर थापाको संयोजकत्व र प्रधानाध्यापक लिलु प्रशाद पौडेलको संरक्षकत्वमा पूर्व विद्यार्थी समाज भेला आयोजक समिति गठन गरिएकोछ । भेला आयोजक समितिले भबिस्यमा छिटै पूर्व विद्यार्थीहरूको एक बृहत् भेला आयोजना गर्ने बताइएकोछ ।
नव गठित भेला आयोजक समितिले पूर्व शिक्षक र पूर्व विद्यार्थीहरूको लगत संकलन गर्ने, विद्यालय ब्यबस्थापन समितिलाई सहयोग गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू पनि गरेकोछ । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सेरू गिरी , राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, पूर्व विद्यार्थीहरूको उपस्थिति थियो ।
पूर्व विद्यार्थी मानबहादुर थापाको संयोजकत्वमा गठित १३ सदस्यीय भेला आयोजक समितिका सदस्यहरू रामबहादुर बुढा, अमर राना बिटालु, सेरू गिरी, यामबहादुर थापा, गिता बुढा ,सिताराम थापा, बेगम थापा,ज्ञानबहादुर राना, मोति राना,दुर्गा बहादुर थापा,खेमराज थापा,मनबहादुर खडका सहित रहेका छन् ।