शहिद टंक भूसालको ४२औं स्मृति दिवश सम्पन्न

अर्घाखाँची । नेकपा (मशाल) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा शहिद टंक भुसालको ४२ औं स्मृति दिवस २०८१ जेठ २ गते सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा अतिथिहरु अखिल नेपाल किसान महासंघ केन्द्रिय उपाध्यक्ष कृष्ण केसी शहिद टंक भुसालकी धर्मपत्नी सरस्वता भुसाल,अखिल नेपाल युवक संघ केन्द्रीय उपाध्यक्ष राजेन्द्र नेपाली, किसान संघ जिल्ला अध्यक्ष बुद्धि गैरे, अखिल नेपाल महिला संघ के.स.मिना केसी र जिल्ला सदस्य मजन्ता नेपाली लगायतले शहिद टंक भूसालको फोटोमा माल्यार्पण, १ मिनट मौनधारण गर्नुका साथै मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम वामपन्थी बुद्धिजीवी पिताम्वर भट्टराइको अध्यक्षता, नेकपा(मशाल) जिल्ला प्रवक्ता कमल भुसालको सन्चालन र खिमराज भट्टराइले स्वागत गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित