–लोकनारायण सुवेदी
गएको वर्ष २०२३ मा मात्रै अमेरिकामा प्रमुख तीनवटा बैंकहरु सिलिकन भ्याली, सिग्नेचर र रिपब्लिकन बैंकहरु दिवालिया निस्केर धरासायी र बन्द भएका थिए । अहिले आएर २०२४ मा पनि अर्र्कोे रिपब्लिक फस्र्ट बंैक डुबेको घोषणा भर्खरै गरिएको छ । अमेरिकी अर्थ व्यवस्थामा अमेरिकाको केन्द्रीय बैंक, यूएस फेडरल रिजर्भद्वारा ब्याज दरहरुमा गरिएको वृद्धिका कारण बैंकहरु त्यहाँ असफल हुँदै जाने थप चिन्ता पनि यतिबेला बढिरहेको उल्लेख गरिन्छ ।
सिलिकन बैंकले कयौं प्रविधि स्टार्टअप तथा उद्यमी पूँजी फर्मलाई ऋण प्रदान गरेर लगानी गरेको थियो । त्यो बैंकसँग गएको २०२२ को अन्त्यसम्ममा २०,९०० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थियो । त्यसलाई अमेरिकाको ठूला बैंकहरुमा गनिएको र मानिएको थियो । तर हालैका समयमा डुब्ने र टाट पल्टिने बैंकहरुमा पनि दोश्रो सबै भन्दा ठूलो बैंक यो मानिएको छ । अर्को सिग्नेचर बैंकले न्यूयोर्क कानुनी फार्म तथा अचल सम्पत्ति कम्पनीहरुलाई ऋण सुविधा प्रदान गर्ने गर्दै आएको थियो । त्यो बैंकसँग २०२२ को अन्त्यसम्ममा ११००० करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति थियो । त्यो बैंक अमेरिकामा दिवालिया निस्केर डुबेका बैंकहरुमध्ये चौथो स्थानमा परेको बैंक हो । गएको ३१ जनवरी २०२४ सम्मको तथ्यांक अनुसार रिपब्लिकन फस्र्ट बैंकको सम्पत्ति भने ६०० करोड अमेरिकी डलर तथा जम्मा रकम राशी ४०० करोड अमेरिकी डलर थियो । न्यू जर्सी, पेन्सलभेनिया र न्यूयोर्कमा यस फस्र्ट बैंकको ३२ शाखाहरु रहेका थिए । जसलाई अहिले फुल्टन बैंकको शाखाको रुपमा जानिन्छ । किनभने त्यस बैंकले यसको सम्पत्ति र जम्मा धनराशी किनेको थियो ।
चर्चित पीयू रिसर्च संस्थानका अनुसार १९८० देखि १९९५ का बीचमा अमेरिकामा २,९०० बैंकहरु असफल भएका थिए । ती बैंकहरुसँग संयुक्तरुपमा २.२ लाख करोड बरोबरको सम्पत्ति थियो । २००७ देखि २०१४ का बीच अमेरिकाका ५०० बैंकहरु जसको कूल सम्पत्ति ९५,९०० करोड डलर थियो ती पनि असफल भएका थिए । भन्ने गरिन्छ कि विशेष परिस्थितिलाई छोडेर अमेरिकामा सामान्यतः बैंक असफल हुने गर्दैनन् । तर यस सम्बन्धमा अमेरिकाका सूचकहरुले अन्य कुरा नै भन्न थालेका छन् । विगतमा १९४१ देखि १९७९ का बीच अमेरिकामा सरदर ५.३ प्रतिशत बैंकहरु प्रतिवर्ष असफल भए भने १९९६ देखि २००६ का बीचमा सरदर ४.३ प्रतिशत बैंकहरु प्रतिवर्ष असफल रहे । अनि २०१५ देखि २०२२ का बीचमा सरदर ३.६ प्रतिशत बैंकहरु असफल भए । २०२२ मा अमेरिकी बैंकहरुलाई ६२,००० करोड अमेरिकी डलरको नोक्सान भएको थियो । विगत १९२१ देखि १९२९ का बीचमा अमेरिकामा सरद ६३५ वटा बंैक असफल भएको तथ्यांक छ । ती भने धेरैजसो साना आकार बैंक तथा ग्रामीण बैंक र एकै शाखा मात्र भएका बैंकहरु थिए । अमेरिकामा आएको महामन्दीका क्रममा १९३० देखि १९३३ का बीचमा ९००० भन्दा बढी बैंकहरु असफल भएका थिए । तीमध्ये कतिपय ठूला आकारका बैंकहरु शहरहरुमा पनि कार्यरत थिए । त्यतिबेला पनि ती शहरहरुमा जम्मा गर्ने ग्राहकहरुको ठूलो धनराशी डुवेको पनि थियो । १९३४ देखि १९४० का बीच अमेरिका सरदर ५०.७ बैैंकहरु सरदर भएका थिए । अमेरिका जस्तो संसारकै सबैभन्दा शक्तिशाली देश यत्तिको ठूलो मात्रामा बैंकहरु असफल हुनुका कारणहरुमा मूख्यरुपमा स–साना बैंकहरु पनि ती ठूला बैंकमा अधिक संख्यामा सामेल हुनुलाई पनि औंल्याइन्छ ।
बैंकका ग्राहकहरु पढे लेखेका र सम्झदार पनि छन् । बैंकमा आउने स–साना समस्याका बेला पनि तिनले आफुले जम्मा गरेको रकम तुरुन्तै निकाल्ने गर्छन् । जब कि बंैकले त्यस राशीमा खडा गरेको सम्पत्तिलाई नगद रुपैयाँमा परिणत गर्न केही समय लाग्छ । यस बिचमै बैंकले यदि जम्माकर्ताको जम्मा रकम राशी भुक्तानी दिनमा असफल रहे भने त्यस्ता बैंकहरुलाई दिवालिया घोषणा गर्ने गरिन्छ । कतिपय बेलामा बैंकहरुद्वारा गरिएको लगानी (सम्पत्ति) को बजारमा मूल्य पनि कम हुने गर्दछ । यसमा पनि बैंकले जम्माकर्ताको जम्मा राशी रकम भुक्तान दिनमा असफल हुनपुग्दछ ।
हालै अमेरिकामा मुद्रास्फितिको दर नियन्त्रित गर्ने उद्देश्यले व्याजदरमा लगातार बढोत्तरी गरियो, जसमा ती बैंकहरुद्वारा अमेरिकी बण्डमा गरिएको लगानीको बजारमा मूल्य अत्याधिक कम हुनु पुगेको छ । अब ती बैंकहरुको बण्ड(ऋणपत्र)मा लगानीको मूल्य कम हुने स्तरसम्म प्रावधान राख्न भनिएको छ । अनि त्यो रकमराशी ती बंैकहरुमा उपलब्ध छैन जसका कारणले पनि ती बैंकहरु असफल भइरहेका छन् ।
एउटा सर्वेक्षणमा के बताइएको छ भने आउँदा दिनहरुमा अमेरिकामा थप १९० वटा बैंक असफल हुने समस्या मडारिइरहेको छ । किनभन बैंकको ब्याजदर बढ्नाले बैंकबाट ऋण लिने काम बहुतै कम हुन पुगेको छ । विभिन्न कम्पनीहरुले आफ्नो विस्तारको काम या योजनाहरु रोकिदिएका छन् । त्यसबाट निर्माणको गतिविधिमा कमी आएको छ । फेडरल रिजर्भको सम्पूर्ण ध्यान भने मुद्रास्फिति कम गर्नमा केन्द्रित छ । अनि अमेरिकी अर्थव्यवस्थामा विकास दरलाई नियन्त्रित गर्ने प्रयास गरिँदै गरेको अवस्था छ जसले गर्दा अमेरिकी अर्थतन्त्रमा उत्पादनको मागमा कमी आओस् र मुद्रास्फितिलाई कम गर्न र नियन्त्रणमा लिन सकियोस् । त्यसैले अहिले कतिपय कम्पनीहरुले कर्मचारीहरुको कटौती गरिरहेका छन् । त्यसले गर्दा यूवा वर्ग रोजगारविहीन हुँदै गइरहेको छ ।
पूँजीवादमा आधारित आर्थिक नीतिहरुले अमेरिकाको बैंकिङ्ग क्षेत्रमा उत्पन्न समस्याहरुको समाधान यसरी निस्किन सकिरहेको छैन । अब त अमेरिकी अर्थशास्त्रीहरु नै पनि मान्न थालेका छन् र लाज बचाउने हिसावले भन्न थालेका छन् भने आर्थिक समस्याहरुको सन्दर्भमा ‘‘साम्यवाद पछि’’ पूँजीवाद पनि असफल हँुदै गएको देखा परिरहेको छ । त्यसैले आज विश्वलाई नयाँ आर्थिक विकास मोडलको आवश्यकता छ भन्न पनि हिच्किचाउन छोडेका छन् । अमेरिकी अर्थशास्त्रीहरुको यो स्पष्ट इसारा या संकेत भारतका लागि पनि हो भनिदैछ र के औंल्याइदैछ भने भारतीय आर्थिक दर्शनमा आधारित मोडेल भारतका आर्थिक समस्या हल गर्न सफल रहेको ती अमेरिकी अर्थवेत्ताहरु औल्याउन थालेका छन् । अमेरिकी बैंकहरु असफल हुन पुग्नुको समस्या मूख्यतः मुद्रास्फितिलाई नियन्त्रण गर्ने उदेश्यले व्याज दरमा गरिएको वृद्धिका कारण उत्पन्न भएको हो भन्ने मानिदैछ ।
के सुझाव यस सम्बन्धमा दिइदैछ भने मुद्रास्फिति नियन्त्रण गर्ने उद्देश्यले उत्पादनको माग कम गर्नका लागि व्याज दरमा वृद्धि गर्ने ठाउँमा बजारमा उत्पादनको उपलब्धता बढाइनु पर्दथ्यो जसले गर्दा उत्पादनको मूल्य कम राखिन सकियोस् । कतिपय देशहरुमा उत्पादनको पर्याप्तताका कारणले समय समयमा उत्पादनको मूल्य कम भएको छ । त्यसैले त्यस्ता देशहरुमा मुद्रास्फितिको उल्लेखसम्म गरेको पनि देखिदैन । अर्कोतिर पूँजीवादी अर्थव्यवस्थामा आर्थिक – मोडल र नियहरुलाई निकै कठोर र जटील पनि बनाइएको हुन्छ । त्यसबाट पनि कयौं प्रकारका समस्याहरु खडा हुने गर्दछन् । जसको समाधान विकसित देशहरुले निकाल्न सकिरहेका छैनन् र सक्दैनन् पनि । किनकि आजको पूँजीवाद जन आधारित नभएर केवल नाफा आधारित हुन पुगेको छ । समाजवादी मोडल यस ठीक विपरीत जन केन्द्रित हुन्छ र हुनु पर्दछ ।