काठमाडौ । जेष्ठ ३ गते नेपालको संसद तल्लो सदनमा रमिता भएकोछ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई आफ्ना कुरा राख्न रुलिङ गर्दा बित्तिकै काङ्ग्रेसका सांसदहरू उठेर हो हल्ला गरेकाथिए ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै नीति तथा कार्यक्रम पेस भएलगत्तै बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरोध गरेको थियो।
जसका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाले राष्ट्रपतिलाई धन्यवाद दिन पाएन। यो कार्यसूची बिहीबारको बैठकमा पनि छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म सत्तारूढ नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसँग बालुवाटारमा छलफल गरेका छन्।
प्रधानमन्त्री दाहालले संकटग्रस्त सहकारीबारे समिति गठन गर्न आफू सकारात्मक रहेको बताउँदै आएका छन्। उनले कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई जेठ १ गते बालुवाटारमा भेटेर नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगरिदिन र कांग्रेसले उठाएका मागमा आफू सकारात्मक रहेको बताएका थिए। तर काङ्ग्रेसले बैठक अबरुद्ध गरी छाड्यो । रमाईलो कुरा त के थियो भने काङ्ग्रेसका धनराज गुरुङ एमाले अध्यक्ष ओली विरुद्ध जाइलाग्न खोजे पछि एमाले सांसदहरूले ओलीलाई बचाउन घेरेका थिए । माओवादी सांसदहरूले प्र म प्रचण्डलाई घेरामा राखेर संसद बाहिर निकालेकाथिए ।