बङ्गलादेश कम्युनिस्ट पार्टीलाई परी थापाद्वारा शोक सन्देश

काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका कार्यालय सदस्य एवम क्रान्तिकारी संयुक्त मोर्चा, नेपालका सचिव परी थापाले बङ्गालादेश कम्युनिस्ट पार्टीका नेता हैदर अकबर खान रानोको मृत्यु भए पछि उक्त पार्टीलाई एक शोक सन्देश पठाउनु भएकोछ । नेता खान रानोको मई ११ का दिन बङ्गालादेशको राजधानी ढाकाको एक अस्पतालमा मृत्यु भएको थियो । थापाले शोक सन्देशमा मृतक खान रानो प्रति श्रद्धाञ्जली प्रकट गर्नुको साथै बङ्गालादेश कम्युनिस्ट पार्टी र त्यस पार्टीका नेता ,कार्यकर्ता परिवारजन सबैलाई समवेदना प्रकट गर्नु भएको छ ।

थापाद्वारा प्रेषित शोक सन्देशको पूर्ण पाठ यस प्रकार छ – “ ११ मे २०२४ मा ८२ वर्षको उमेरमा निधन हुनु भएका बंगलादेश कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु मध्येका एक कमरेड हैदर अकबर खान रानोको असामयिक निधनको खबरले हामी अत्यन्तै दुःखी भएका छौं ।
उहाँको असामयिक निधन बंगलादेशको कम्युनिष्ट आन्दोलन र समग्र विश्व क्रान्तिकारी आन्दोलनका लागि अपूरणीय क्षति हो । यस दुःखद घडीमा दिवंगत कमरेड रानोप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको पार्टीका सहकर्मी, परिवारजन, आफन्तजन तथा शुभचिन्तकहरूमा गहिरो समवेदना प्रकट गर्न चाहन्छौं ।
यस दुःखद घडीमा बंगलादेश कम्युनिष्ट पार्टी र पार्टी का सदस्यहरू प्रति हामी गहिरो संवेदना प्रकट गर्दछौं र कमरेड हैदर अकबर खान रानोको निधनले पारेको पीडामा शान्ति मिलोस भन्ने कामना गर्दछौं।
हामीले उहाँको जीवन र क्रान्तिकारी आन्दोलनमा उहाँको योगदानबाट पाठ सिक्ने प्रयास गर्नेछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित