सैनामैनामा एकता अधिवेशन सम्पन्न

बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी ( मशाल ) सैनामैना नगरको एकता अधिवेशन २०८१ जेठ ३२ सम्पन्न भएको छ । कमरेड भविलालको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यलय सदस्य कमरेड प्रेम सुवेदीले क्रान्तिकारी शक्तिहरूको एकताले जनतामा उत्साह ल्याउन बर्ग संघर्षमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य कमरेड तिलक , केन्द्रीय सदस्य कमरेड रमेश , कमरेड गुलाफ , कमरेड रेखा र जिल्ला संयोजक दिपक पौडेलले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियोे । कमरेड रोसनको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कमरेड सौरभको रहेको थियो । कार्यक्रममा २०८१ जेठ २८ गते निधन भएका पार्टीका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाको स्मरणमा १ मिनेट मौन धारण गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित