चितवनमा एकता अधिवेशन सम्पन्न

भरतपुर । नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल चितवनको बीचमा एकता अधिवेशन  २०८१ असार १ गते सम्पन्न भएको छ । जिल्ला संयोजक विकासको अध्यक्षता , महाधिवेशन आयोजक सदस्य तथा चितवन जिल्ल सहसंयोजक विजय र कुलप्रसाद रिजालको स्वागतमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा ३ न प्रदेश सह संयोजक प्रवेश रहनु भएको थियो । अन्य अतिथिहरुमा केन्द्रीय सचिवालय सदस्य अन्जमा ,केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज धु्रव केन्द्रीय सदस्य रणदीप केन्द्रीय सल्लाहकार भूमिश्वर कंडेल बाबुराम परियार , दिवाकर न्यौपाने ,कमल गिरी , प्रदेश सल्लाहकार नरबहादुर गौतम जिल्ला सल्लाहकार समितिका अध्यक्ष इश्वरी ओझा शहिद परिवारको तर्फबाट खड्ग कुँवर रहेका थिए । अधिवेशनमा प्रमुख अतिथि प्रवेशले दुइैपार्टीवीचको एकता ऐतिहासिक र अपरीहार्य भएको र छरिएर रहेका क्रान्तिकारी पार्टी ,शक्ति,समुह तथा व्यक्तिहरु एकता अभियानमा जुट्न जरुरी रहेको बताउनु भयो । अधिवेशनमा राजनैतिक प्रतिवेदन र केन्द्रीय परिपत्र रणदीपले वाचन गर्नु भएको थियो । एकता अधिवेशनले विकासको संयोजकत्वमा८५ सदस्स्यीय जिल्ला संगठन समिति चयन गरेको छ । सह संयोजकहरुमा रणदीप र कुलप्रसाद रिजाल चयन हुनु भएको छ ।अन्तमा अध्यक्ष बाट अधिवेशन कार्यक्रमको समापन भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित