टोखा र काठमाडौं “घ” मा एकता भेला सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौंले टोखा नगरपालिका र कामनपाको “घ ” नगरमा एकता भेला सम्पन्न गरेको छ । पार्टीका काठमाडौं जिल्ला इन्चार्ज पुष्करको प्रमुख आतिथ्यतामा २०८१ असार १ गतेका दिन ती दुबै स्थानमा एकता भेला सम्पन्न गरिएको हो ।
असार १ गते दिउस ३ बजेबाट सुरु भएको टोखा नगरको एकता भेलाले गोपाल कार्कीको संयोजकत्वमा ९ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, टोखा नगर समिती गठन गरेको छ । गठित समितिका सदस्यहरुमा नर बहादुर कुमाल, आर.बि . लामिछाने, राम प्रसाद बेलबासे, अमृत प्रोतेल, हरि रामदम र हरिकला सिग्देल लगायत रहनु भएको छ । भेलामा पार्टी काठमाडौं जिल्ला समितिका सह–संयोजकहरु हेमन्त र रक्तिमको समेत आतिथ्यता रहेको थियो ।
यस्तै असार १ गते बिहान काठमाडौं महानगरको “घ” नगर समितिको एकता भेला सम्पन्न गरिएको थियो । पार्टीका काठमाडौं जिल्ला इन्चार्ज पुष्करको प्रमुख आतिथ्यता, काठमाडौं जिल्ला संयोजक प्रकाश र सह–संयोजक विस्वासको आतिथ्यतामा सम्पन्न सो एकता भेलाले मङ्गल तामाङको संयोजकत्वमा १७ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौं “घ” नगर समिती निर्माण गरेको छ । गठित समितिको सह–संयोजक मीन कुमार राना रहनु भएको छ । समितिका सदस्यहरुमा पदम लोप्चन, भुवन थापा, श्याम परियार, श्रीराम गैडा, अजय बज्राचार्य, किरण राई, कमला सिउठानी, सन्तोष मोक्तान, डम्बर तामाङ, कान्छीमाया स्याङ्बो, गिता लामा तामाङ, असलीमाया थापा मगर, महेन्द्र यादव, सुन्तली राइ र संजना तामाङ घलान लामा रहनु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले आफ्नो काठमाडौं “घ” नगर समिती अन्तर्गत काठमाडौं महानगरका ११, १२, १३, १४ , २०, २१ , २२ र २३ नम्बर वडाहरु समावेस गरेको छ ।
स्मरणरहोस् नेकपा (मशाल), नकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (बहुमत) का बिचमा पार्टी एकताका निम्ति विगत दुई वर्षदेखि औपचारिक वार्ता चलिरहेको थियो । सोही वार्ताका सिलसिलामा एकीकृत पार्टिको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राख्ने समझदारी तीन पार्टीका बीचमा पहिल्यै बनेको थियो । त्यही समझदारी अनुसार २०८० बैशाख १८ मा नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (बहुमत) बिच पार्टी एकता घोषणा हुँदा पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राखिएको थियो । अहिले मइ दिवसको दिन पारेर नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिचमा १८ वैशाख २०८१ का दिन केन्द्रीय स्तरमा पार्टी एकताको घोषणा गरिएको थियो र एकीकृत पार्टीको नाम पहिले तीन पार्टीका बिचमा भएको समझदारी अनुरुप क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राखिएको थियो । त्यस यता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एकताको प्रक्रियालाई प्रदेश, जिल्ला हुँदै स्थानीयस्तरसम्मनै तीब्र रुपमा अगाडि बढाइरहेको छ । सोही सिलसिलामा काठमाडौंका उक्त नगरहरुमा एकता भेला सम्पन्न गरिएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित