बाँकेमा पालिका तहमा एकता अधिवेशन सम्पन्न

नेपालगञ्ज । नेकपा (मशाल) र का्रन्तिकारी कम्युनिष्ट पार्टीबीचको एकता अधिवेशनपालिकास्तर सम्म जारी रहेको छ । यसै सन्दर्भमा बाँके जिल्लामा पालिकास्तरमा एकता अधिवेशन जारी रहेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल डुडुवा गाउँपालिकाको एकता सम्प्रेषण बैठक तथा अधिवेशन २०८१ असार १ गतेसम्पन्न भएको छ । अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य ६ नम्बर प्रदेश सहसंयोजक र बाँके जिल्ला इन्चार्ज दिपक शाही प्रमुख अतिथि र अतिथिहरु पार्टी केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक परिवर्तन, बाँके सह–संयोजक हरि न्यौपाने, सागर, मुक्ति लगायतको आतिथ्यता थियो । प्रमुख अतिथिले जनतन्त्र, जनजीविका,र राष्ट्रियता कमजोर बनेको छ । गरिव किसान मजदुर श्रमजिवि, सर्वहाराको अवस्थ दिन प्रति दिन नजुक बन्दै गएको छ, वैदेशिक हस्तक्षेप नांगो रुपले बढ्दै जानुले देश संचालन गर्ने एजेण्टहरुले लुटपाट भ्रष्टाचार गरेर अकुत संपति कमाएर अवैध ढंगले व्यक्तिगतरुपमा सार्वजनिक सम्पतिको दुरुपयोग गरेर दोहन गरि रहेका छन् । यो व्यवस्थाको दोष हो, दलाल व्यवस्थामा यो हुनु स्वभाविक मानिन्छ, यसको अन्त गर्न आवश्यक छ भन्ने भनाई मन्तव्यको क्रममा राखेमा थिए । अधिवेशनले निसार संयोजक र कमरेड दिपक सहसंयोजक रहने गरि १९ सदस्यीय पालिका संगठन समिति गठन गरेको छ । कार्यक्रम निसारको अध्यक्षता र संचालन भएको थियो । दुर्गेस संयोजक रहने गरी ९ सदस्यीय क्रान्तिकारी युवा संगठन नेपाल पनि गठन गरेको छ ।
त्यसैगरी राप्तिसोनारी गाउँपालिकाको अधिवेशन जेष्ठ ३० गते सम्पन्न भएको छ । अधिवेशनमा पार्टी केन्द्रीय चिवालय सदस्य तथा ६ न .प्रदेश सह संयोजक र बाँके इन्चार्ज प्रकाशउर्जाको प्रमुख अतिथि र अतिथिहरु के. स. तथा बाँके जिल्ला संयोजक परिवर्तन, केस तथा बाँके जिल्ला सहसंयोजक कमरेड कुशल, जिल्ला सहसंयोजक प्रकाश, विद्यार्थी अध्यक्ष तपेन्द्र न्यौपाने, पार्टी केन्द्रीय सल्लाहाकार सदस्य कमरेड किरण, लगायत सबै पालिकाका पार्टी सदस्य समर्थकको उपस्थित रहेको थियो, पार्टीको सर्कुलर र बैठकको संचालन पार्टी जिल्ला कार्यलय सदस्य पिटिले गरेका थिए भने बैठकको अध्यक्षता अनन्तले गरेका थिए । अधिवेसनले ११ सदस्यीय संगठन समिति गठन गरेको छ । जसमा अनन्त भण्डारी संयोजक , सहसंयोजक भक्त बहादुर राना मगर भविष्य, जयप्रकाश चौधरी, उदित, रहेका छन्।

module:1facing:0; ?hw-remosaic: 0; ?touch: (-1.0, -1.0); ?modeInfo: ; ?sceneMode: Auto; ?cct_value: 0; ?AI_Scene: (-1, -1); ?aec_lux: 0.0; ?hist255: 0.0; ?hist252~255: 0.0; ?hist0~15: 0.0; ?module:1facing:0;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Auto;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 0.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;

खजुरा गाउँपालिकाको अधिवेशन असार ४ गते सम्पन्न भएको छ । अधिवेसन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य प्रकाश उर्जाको प्रमुख अतिथि र अन्य अतिथिहरुमा आयोजक सदस्य तथा बाँके जिल्ला संयोजक परिवर्तन, अधिवेशन आयोजक समिति सदस्य तथा बाँके जिल्ला सहसंयोजक कुशल, पार्टी जिल्ला कार्यलय सदस्य अनन्त पार्टी सल्लाहकार सदस्य कर्णाली रहेका थिए । बैठकको अध्यक्षता शक्तिले गरेका थिए, अधिवेशनले १३ सदस्यीय संगठन समिति सर्व सम्मतरुपमा गठन गरेको छ, संगठनको संयोजकमा शक्ति, सह संयोजकहरु हनिफा, धनबहादुर शाही रहने समेत निर्णय गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित