नारायण सापकोटा (प्रकाश)को श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटा (प्रकाश)को श्रद्धाञ्जली कार्यक्रम ललितपुरको कुपोण्डोेल स्थित पार्टी कार्यालयमा २०८१ असार ८ गते सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय कार्यालयको आयोजनामा पार्टीका संयोजक कमरेड मोहन वैद्य किरणको अध्यक्षता , पार्टी का कार्यालय सदस्य क राम बहादुर बुढाको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु कृष्णराज पौडेल, रामसिङ श्रीस , हेमन्त प्रकाश ओली ,ने क पा (मसाल) का प्रवक्ता राम प्रकास पुरी ,नेपाल समाजबादी पार्टीका प्रवक्ता कृष्ण शर्मा र किसान नेता भैरब रेग्मी रहेका थिए ।

 


नारायण सापकोटा प्रति एक मिनेट मौनधारण पछि संचालक रामबहादुर बुढाले नारायण सापकोटाको व्यक्तिगत तथा सांगठनिक संक्षिप्त जानकारी दिएका थिए । उहाँको फोटोमा अतिथि साथै सहभागीहरुबाट फुल गुच्छा र अबिर द्वारा भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । उहाँको कार्यको चर्चापरिचर्चा गर्दै श्रद्धाञ्जली मन्तव्य दिनु हुनेमा कृष्णराज पौडेल, हेमन्त प्रकाश ओली ने क पा (मसाल) का प्रवक्ता राम प्रकास पुरी ,नेपाल समाजबादी पार्टीका प्रवक्ता कृष्ण शर्मा रहेका थिए । मन्तव्यको क्रममा वक्ताहरुले नारायण सापकोटाबाट अनुकरण गर्नु पर्ने थुप्रै कुराहरु रहेको भन्दै एउटा कम्युनिष्ट नेता कार्यकर्तामा हुनु पर्ने गुण वहाँमा रहेको धारणा राखे ।वहा सिद्धान्तनिष्ट, व्यवहारिक , तथा सरल जीवनशैली रहेकोनेता रहेको बताउँदै वहाँको असामयिक निधनले नेपालको कम्युनिष्ट आन्दोलन तथा विश्व कम्युनिष्ट आन्दोलनलाई अपूरणनीय क्षति पुगेको र त्यो क्षतिलाई पूरा गर्न सबैले ध्यान दिनु पर्ने कुरामा जोड दिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित