बनेपा, काभ्रे । काभ्रेको बनेपामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल ) काभ्रे बिच एकता अधिवेशन, प्रशिक्षण तथा बैठक २०८१असार ८ सम्पन्न भयो । जिल्ला संयोजक ढोग प्रसाद अधिकारीको अध्यक्षता , प्रतीक तामाङको स्वागत मन्तव्य र शोभा सेन्चुरीको संन्चालन र क्रन्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नम्बर ३ संयोजक चन्द्रहरी सुवेदी (अटल) प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भयो । कार्यक्रममा प्रदेश सल्लाहकार जानुका र जिल्ला सल्लाहकार किसानको उपस्थिति रहेको थियो । प्रमुख अतिथिले क्रान्तिकारी शक्तिहरुको एकताले पार्टी भित्र उर्जा थपेको बताउदै आफुहरु नै अहिलेको वैकल्पिक शक्ति भएकोले निराश नबन्न कार्यकर्तालाई निर्देशन दिए । अर्काअतिथि केन्द्रिय समिति सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज सोमान सिंह तामाङले जिल्लामा केही साथीहरुले पार्टी छोडेर गए पनि संगठनमा खासै असर नपारेको धारणा राखे ।एकता अधिवेशनले ढोग प्रसाद अधिकारीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला संगठन समिती निर्वाचित गरेको छ । बैठक तथा अधिवेशनले काभ्रे जिल्लाको १३ ओटै स्थानीय तह र जबस मोर्चाहरुको एकता अधिवेशन श्रावण महिना भित्र गरि सक्ने निर्णय पनि गरेको छ ।