लोकनारायण सुवेदी
आजको दिनमा विश्वको जनसंख्या ८ अर्ब ५० करोडभन्दा बढी र नेपालको जनसंख्या ३ करोड २ लाखभन्दा बढी पुगिसकेको छ । के मानिदै आइएको छ भने विश्वमा मानिसको जनसंख्या १३५० मा आएको भयंकर ठूलो महामारी ‘कालो मृत्यु’ अर्थात ‘प्लेग’को महामारी पछियता लगातार बढ्दै नै आएको छ । जनसंख्या वृद्धि १३५० पछि शुरु भएको देखिन्छ । त्यसको कारण सुध्रिदो स्वास्थ्य र बढी खाद्यान्न उत्पादनलाई मानिन्छ । यद्यपि विश्वमा जनसंख्याको वृद्धि दर वर्ष १९८० पछि घट्न थाल्यो तर पनि जनसंख्याको पूर्णाङ्क संख्या फेरि पनि वृद्धि नै हुँदै रह्यो । आजभन्दा १ वर्ष ६ दिन पहिलाको अनुसन्धान प्रतिवेदनले के बताएको थियो भने ५ जुलाई २०१९ का दिन ७६३.४ करोड मानिस यो पृथ्वीमा आएका थिए । आजका दिन यो संख्या ७ अर्ब ७९ करोड ४७ लाख ९८ हजारभन्दा बढी हुन पुगेको छ । के पनि मानिएको छ भने यो धर्तीले ४ अर्ब मानिसलाई मात्र राम्रो जीवनयापन दिन पर्याप्त छ भने यसले १६ अर्बभन्दा बढी मानिसको बोझ बोक्न सक्ने यसको स्थिति छैन । यो पृथ्वीको अन्तिम सीमा हो । के पनि मानिँदै आएको छ भने आगी २०४०–५० सम्ममा विश्वको जनसंख्या ८ देखि १० अर्बसम्म पुग्नेछ । किनकि अहिले प्रति वर्ष ७.४ करोड मानिसको जनसंख्या यो पृथ्वीमा बढ्ने गरेको छ । विश्वका ७ वटा देश यस्ता छन् जसका कारणले विश्वको आधा जनसंख्याको भाग उनीहरु मात्र हुन्छ ।
यो हाम्रो पृथ्वीमा कति जनसंख्या हुनु पर्ने हो भन्ने चर्चा धेरै पहिलेदेखि नै चल्दै आएको हो । प्राचीन लेखक तेतुल्लियनले दोश्रो शताब्दीमा के भनेका थिए भने जनसंख्या पृथ्वीको क्षमता अनुसार नै हुनु पर्दछ । यो पनि गजबकै कुरा छ कि ७५० वर्ष पहिला अर्थात् औद्योगिक क्रान्तिभन्दा पनि पहिला जतिबेला विश्वको जनसंख्या धेरै मन्द गतिले मात्र बढ्ने गर्दथ्यो तर यता १९औ शताब्दी आइपुग्दा नआइपुग्दै यो जनसंख्या बढेर अर्बौंमा पुग्न गयो । १९औं शताबदीको त्यसै औद्योगिक क्रान्ति पछि जनसंख्यामा पनि बृद्धि भयो भने त्यसको संगसँगै प्राकृतिक श्रोत साधनहरुको पनि तीब्र शोषण समेत बढ्दै गयो । त्यस शताब्दीको अन्त्यसम्ममा मानिसको जनसंख्या एक अर्ब थियो त्यो २० शताब्दी लाग्दा नलाग्दै १.६ अर्ब पुग्न गयो र यो २० शताब्दीको अन्त्यसम्ममा पुग्दा यो ह्वात्तै बढेर ६ अर्बमा आइपुग्यो । हुन पनि विद्वान अर्थशास्त्री थोमस माल्थसले भनेका थिए कि पृथ्वीमा यो मानव जाति संसाधनहरुको तुलनामा कयौं गुणाले बढ्न जानेछ ।
यो पृथ्बीले कति जनसंख्याको भार बहन गर्न सक्तछ भन्ने बहस शताब्दीऔंदेखि चल्दै आएको भए पनि १९९४ देखि यसको विश्लेषण पनि आरम्भ भयो । त्यतिबेला इण्टर एकेडेमिक प्यानलले आफ्नो प्रतिवेदनमा भनेको थियो कि जनसंख्याको कारण पर्यावरण, जलवायु परिवर्तन, प्रदुषण जस्ता मुद्दाहरु खडा हुन पुग्नेछन् । संयुक्त राष्ट्र संघको जनसंख्या विश्लेषणको २००४ को प्रतिवेदनका अनुसार पनि आगामी २०५० सम्ममा विश्वको जनसंख्या स्थीर हुन पुग्नेछ । तर २०१४ को साइन्स म्यागाजिनले भने यस कुराको खण्डन गर्दै बताएको थियो कि यो जनसंख्या बृद्धि आउँदो शताब्दीसम्म जारी रहिरहने छ । यसअघि २०१७ मा नै ५० जना नोबेल पुरस्कार बिजेताहरुले सामुहिकरुपले एउटा अपिलमा भनेका थिए कि अधिकतम मानव जनसंख्या तथा पर्यावरणीय क्षति विश्वका आजका दुइटा ठूलो खतरा बन्न गएका छन् । वर्ष २०१९मा १५,२६४ जना वैज्ञानिकहरुले के मानेका थिए भने बढ्दो जनसंख्या नै बिग्रँदो सामाजिक, आर्थिक तथा पारिस्थितिकीय कारण हो ।
तथापि जनसंख्याको यो मुद्दा विश्वमा बहसको ठूलो मुद्दा हुने गर्दैन । किनभने यस मुद्दासँग विभिन्न कुराहरु जोडिएका छन् । जनसंख्याको आर्थिक, सामाजिक तथा राजनीतिक पक्ष जति जति बेला चर्चामा आउँदछ त्यो बिभिन्न किसिमका बिबादमा अड्किने गर्दछ । तर हामी कोही पनि जनसंख्याको चर्चामा कतै पञ्छिने या तर्किने गर्न सक्तैनौं । किनभने स्थिति लगातार विस्फोटक बन्दै आएको छ । विशेष गरेर जब विश्वमा प्रत्येक तेश्रो व्यक्तिलाई आज भरपेट खाना प्राप्त गर्न सक्ने स्थिति छैन, विश्वको जनसंख्याको आधाजसो आवादीको शीर ओतिने छ त छैन, विश्वको जनसंख्याको केवल ३०.४० प्रतिशत मानिसहरुसम्म मात्र यो पुग्न सकेको छ । यी सबै कारणले गर्दा गाउँघरबाट शहरतिर बाह्य जनसंख्या पलायन समेत तीब्र बनेको छ ।
यस्तो स्थितिमा बुझ्न सकिन्छ कि यदि एक हेक्टरको खेतीबाट २२ टन मात्रै धान उत्पादन गर्न सकिन्छ र त्यसबाट १००० मानिसको मात्र पेट भरिन्छ भने यसबाट अगाडिको स्थिति के कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ कि स्थिति कति भयावह छ । यो मानब जनसंख्याका साथै हामीले यो पृथ्वीका अरु प्राणीहरुको बारेमा पनि सोच्नु पर्ने हुन्छ । एउटा प्रतिवेदनका अनुसार १.४ लाख प्रजातिहरु आज यो धरतीबाट विलुप्त हुने संघारमा पुगिसकेका छन् । तीमध्ये ८०१ बन्य जीवजन्तु पनि सामेल छन् । ‘वर्ल्डवाइड फण्ड फर नेचर’ले दिएको एउटा प्रतिवेदन अनुसार विश्वको मानव जनसंख्या यदि यसै गतिमा बढ्दै जाने हो भने आजको यो हाम्रो पृथ्वीभन्दा डेढ गुणा ठूलो अर्को पृथ्वीको आवश्यकता छ । अर्कोतिर बढ्दो जनसंख्याका कारण सुरक्षित पिउने पानीको उपलब्धतामा पनि सोझो असर परेको छ । बढ्दो वायु प्रदुषण, माटो तथा ध्वनि प्रदुषण आदि पनि सोझै बढ्दो जनसंख्याकै कारण उत्पन्न समस्याहरु हुन् ।
बितेको १९७० देखियता २०१५ को बीचमा ऊर्जाको उपभोगमा कयौं गुणा वृद्धि भएको छ । यसको अर्थ हो १९७० मा यदि ऊर्जाको उपभोगलाई शून्य मान्ने हो भने २०१० मा यो १५० गुणाले बढी हुन्छ र २०२५ सम्म गइपुग्दा यो २५० गुणा बढी हुनपुग्ने छ र यसका लागि हदभन्दा ज्यादै बढी प्रकृतिको शोषण हुन जानेछ । हामीलाई थाहा भएकै कुरा हो कि विश्वमा बाल शिशु मृत्युदर बढ्दो गरिबीका कारण उत्पन्न भएको हो । अनिकाल, कुपोषण र अरु नयाँ नयाँ बिमारीहरुको सिधा कारण बढ्दो जनसंख्यासँग जोडिन पुग्दछ । अनि कठिनाई के छ र हुन्छ भने विश्वमा कुपोषित र अल्पपोषित मानिसहरुको संख्या पनि निरन्तर बढिरहेको छ । अहिले त स्थिति कहाँसम्म पुगेको उल्लेख गरिन्छ भने ब्रिटेन जस्तो सक्षम मानिएको देशलाई पनि आफ्नो देशका मानिसलाई बचाउन खाद्यान्न आयात गर्नु पर्ने स्थिति बनेको छ । तर विश्वका हरेक देशको स्थिति यस्तो छैन कि ब्रिटेनले जस्तै सबैले आवश्यक खाद्य सामाग्री आयात गर्न सकुन् । धेरैजसो देशहरुको आर्थिक स्थिति त्यस्तो राम्रो छैन जसले गर्दा उनीहरुले आवश्यक खाद्य पदार्थ सहजै आयात गर्न सकुन् । फलतः ती देशका मानिसहरु आवश्यक खाद्यान्न र खाद्य पदार्थको अभावले कुपोषण र अल्पपोषणको शिकार हुनु अनिवार्य छ । अनि खाद्य संप्रभूता र खाद्य अधिकार अर्थात् यो कागजी अधिकारको कुरा गरेर के गर्नु ?
एकदमै स्पष्ट छ कि जनसंख्या अहिलेकै गतिमा बढ्दै जाँदा अन्न, पानी र प्राण बायुसम्मका सबै कुराहरूमा बहुतै ठूलो संकट उत्पन्न हुन जाने छ । आजै र अहिले नै पनि यी प्राकृतिक संसाधनहरुमाथि परिरहेको दबाब स्पष्ट देख्न सकिन्छ । अझ बितेको दुइ दशक यता यो दबाब अझ गम्भीर र गहिरो बनेको छ । यस स्थितिमा कल्पना मात्र गर्न सकिन्छ कि आउँदा दुइ तीन दशकभित्र पस्थिति कति भयावह र बिस्फोटक बन्ला ! त्यसैले हामीले बढ्दो विश्व जनसंख्या र पृथ्बीको बहन क्षमता (क्यारिङ्ग क्यापासिटी) तथा बर्तमान असमान विश्व बिकास परिस्थितिमाथि महाबहस चलाएर निर्णायक निष्कर्शमा पुग्नु एकदमै बिलम्ब भइसकेको छ । अन्यथा यो विश्व संसाधनहरुको महासंकट र भयावह युद्धको घानमा पर्ने कुरा प्रायः निश्चित छ । विश्वमा सरदर ८० प्रतिशत श्रोत साधन २० प्रतिशतको हातमा केन्द्रित छ भने ८० प्रतिशत आबादीले २० प्रतिशत श्रोत साधन मात्रको भरमा जीवन निर्वाह गर्नुपर्ने जुन असमान स्थिति सिर्जना भएको छ त्यसको समुचित निराकरण गर्नु अनिवार्य र अपरिहार्य छ । अहिले चलिरहेको कोरोना महामारी र देंगुको भयावह स्थितिले पनि हामीलाई जनसंख्या र श्रोत साधनका बीच कसरी सन्तुलनकारी स्थिति सिर्जना गर्ने र असमान श्रोत साधनको ब्यबस्थापन कसरी गर्ने भन्ने गम्भीरतम विषयतिर राम्रैसँग घच्घच्याएको छ । हामीले हाम्रो रक्षा गर्ने पृथ्वीका अधिशासित नियमहरूको पालना गरेर यसको रक्षा गर्न सिकेनौ भने यसले पनि हाम्रो रक्षा गर्न छोडिदिने छ । पृथ्वी रक्षति रक्षिता भन्ने कुरा कति महत्वपूर्णछ मनन गरौं
न श्रोत साधनको व्यवस्थापन कसरी गर्ने भन्ने गम्भीरतम विषयतिर राम्रैसँग घच्घच्याएको छ । हामीले हाम्रो रक्षा गर्ने पृथ्वीका अधिशासित नियमहरूको पालना गरेर यसको रक्षा गर्न सिकेनौ भने यसले पनि हाम्रो रक्षा गर्न छोडिदिने छ । पृथ्वी रक्षति रक्षिता भन्ने कुरा कति महत्वपूर्णछ मनन गरौं !