कञ्चनगाउँपालिकामा एकता अधिवेशन सम्पन्न

रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल कञ्चनको एकता सम्मेलन २०८१ असोज १ गते सम्पन्न भएको छ ।
कञ्चन गाउँपालिका संयोजक केजी कुमार शर्माको अध्यक्षता र पार्टी जिल्ला संयोजक दिपक पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले मनिराम सापकोटालाई सचिवमा चयन गरेको छ ।
सम्मेलनमा पार्टी जिल्ला कार्यालय सदस्य कमरेड रमेश, किसान संगठनका प्रतिनिधि गंगा पौडेल, क्रान्तिकारी महिला संगठन नेपाल प्रदेश सदस्य पार्वती पौडेल, वामपंथी नेता नेत्र नारायण शर्मा र कमरेड अजयले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन कमरेड गुलाफ र स्वागत मन्तव्य कमरेड हाँकले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित