नेपाली एकता समाज जापानको भेला सम्पन्न

टोकियो । जापानमा कार्यरत नेपालीहरुबीच सामाजिक संजाल प्रयोगगरी भर्चुअल भेला (२३ सेप्टेम्बर २०२४) २०८१ असोज ७ गते सम्पन्न भएको छ । भेलाले देवेन्द्र बस्यालको अध्यक्षतामा नेपाली एकता समाज जापान, केन्द्रीय संगठन समितिको गठन गरेको छ । जसमा उपाध्यक्ष ज्ञानी पौडेल, महासचिव उज्वल श्रीस, सचिव सोम पुन र कोषाध्यक्ष गोविन्द कालामगर रहनुभएको छ ।

समितिको सदस्यहरुमा हरिमाया पुन, कमल पुन, मिरा बस्याल, रुपा पुन, साही सुमन, लक्ष्मी शाही, पूर्णिमा पुन र विरु पाइजा रहनु भएको छ । भेलाको अध्यक्षता उज्वल श्रीसले गर्नु भएको थियो । कार्यक्रमको संचालन देवेन्द्र बस्यालले गर्नु भएको थियो । समितिको तर्फबाट अध्यक्षले प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित