एकता महाधिवेशन सफल पारौं, पार्टी एकताको स्पीरिटलाई आत्मसात गरौं

-चिन्तामणि पौडेल
देशका ३ वटा कम्युनिस्ट पार्टी ने.क.पा. (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) का बीच २०७९ सालको मंसिरबाट पार्टी एकताका लागि औपचारिक वार्ता शुरु भएको थियो । त्यसभन्दा पहिले अनौपचारिक वार्ता तथा एमसीसी विरोधी आन्दोलन, चुनाव बहिष्कार आन्दोलन, राष्ट्रघाती नागरकिता विधेयक सम्बन्धी आन्दोलन र अन्य राष्ट्रियता, जनतन्त्र, जनजीविकाका आन्दोलनमा सहकार्य भएका थिए । सहकार्य, वार्ता र छलफलको पृष्ठभूमिमा तीन पार्टीहरुबीच पार्टी एकतालाई अगाडि बढाउने निस्कर्षमा पुगेका थियौं । आधारभूत रुपमा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्धान्तलाई तीन वटै पार्टीले स्वीकार गरेका थियौं । देशको कम्युनिस्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न अंग भएको र सर्वहारा अन्तर्राष्ट्रवादलाई स्वीकार गर्दै विद्यमान दलाल नोकरशाही सत्तालाई समाप्त पार्ने र जनवाद हुँदै वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्ने विषयमा मतैक्यता थियो । राज्यसत्ताको चरित्र, क्रान्तिका लागि तत्काल कुन बाटो अंगीकार गर्ने, दलाल राज्यसत्तालाई कसरी समाप्त पार्ने र सर्वहारा वर्गको राज्यसत्ता कसरी कायम गर्ने भन्ने विषयमा समेत तीनवटै पार्टीको राजनैतिक कार्यक्रम मिलेका थिए ।
विश्व कम्युनिस्ट आन्दोलनमा बहस र प्रयोग भएका वाद र विचारधारा सम्बन्धी विषय, राज्यपुनर्संरचना गर्दा कुन पद्धति अपनाउने, जाति जनजातिको अधिकार कसरी सुरक्षित र सुनिश्चित गर्न सकिन्छ भन्ने विषय र २०५२ सालबाट संचालित माओवादी जनयुद्धको मूल्यांनका विषय कसरी हल गर्न सकिन्छ भन्ने विषयमा समान धारणा बन्न नसकेपछि अर्थात् २०७९ चैत्र २१ गतेको तीन पार्टीको पार्टी एकता संयोजन समितिका बीचमा सहमति हुन नसकेपछि तात्कालिन नेकपा (मशाल) वार्ता स्थगित गर्ने र उक्त विषयमा सहमतिका लागि छलफल गर्दै जाने भएपछि उक्त समयमा तीन पार्टीको एकता सम्भव भएन । तर नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता सम्पन्न गर्ने सहमति भै दुई पार्टीका बीचमा २०८० वैशाख १८ गते मे डेका दिन पार्टी एकताको घोषणा भयो । तीन पार्टीका बीच सहमति भएका पार्टीको नाम “क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नै दुई पार्टी एकतामा उक्त नामलाई अगाडि बढाउने काम भयो । उक्त एकतालाई नेकपा (मशाल) ले स्वागत गर्दै शुभकामना दिएको थियो ।
दुई पार्टी एकता पश्चात् नेकपा (मशाल) ले पनि पार्टी एकताको आवश्यकतालाई मूर्त रुप दिनका लागि अनौपचारिक वार्ता छलपललाई अगाडि बढायो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा छलफल र अनौपचारिक कुराकानी चल्दै गए । त्यसै क्रममा २०८० असोज १० देखि शुरु भएको राष्ट्रिय परिषद बैठकबाट पार्टी एकताका सन्दर्भमा सहमत हुन नसकेका विषयमा छलफल गर्दै पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरेपछि पुनः पार्टी एकताका प्रक्रिया अगाडि बढे । वार्ता समिति गठन पश्चात् क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा वार्ता शुरु भयो । वार्ताको निरन्तरता कै क्रममा अघिल्लो वर्ष सहमति हुन नसकेका विषयहरु माओवाद÷विचाराधारा को विषय, संघीयतासम्बन्धी विषय र जनयुद्धको मूल्यांकनसम्बन्धी विषयमा मतभेदहरुलाई व्यवस्थापन गर्न सहमति भए पछि पार्टी एकताको प्रक्रिया अगाडि बढ्यो । त्यस लगत्तै पूर्व (मशाल) ले शुरुदेखि नै राख्दै आएको एकता प्रक्रिया सम्बन्धी विषय पार्टी एकताका सहमतिहरुलाई कुनै माथिल्लो निकायले अनुमोदन गर्नुपर्दछ भन्ने विषयमा आप्mनो कार्यक्रमलाई राष्ट्रिय भेलाको आयोजना ग¥यो । भेलाले पार्टी एकताको प्रस्ताव अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक निर्णय भए पश्चात् २०८१ वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) का बीच औपचारिक एकता अधिवेशन सम्पन्न भई २०८१ वैशाख १९ गते मे दिवसका दिन पार्टी एकता घोषणा भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल देशमा नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ आप्mना घोषित नीतिलाई अगाडि बढाउँदै आएको छ । पार्टीले २०८१ मंसिर १३ देखि २३ गतेसम्म आफ्नो ऐतिहासिक एकता महाधिवेशन गर्ने घोषणाका साथ देशव्यापी र जिल्ला तथा स्थानीय तह समेत आफ्नो भेला÷सम्मेलन तथा वैचारिक बहस, फोरमहरु संचालन गर्दै महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण पार्टी पंक्ति त्यसैमा केन्द्रित भएको छ । पार्टीभित्र भएका मतभेदहरुलाई स्वस्थ र एकता संघर्ष रुपान्तरणको विधि मार्फत् आफ्ना मत अभिमतहरु माथि छलफल चलिरहेको छ, एकताका दौरान भएका सहमतिहरु महाधिवेशनका सन्दर्भमा बहस हुनु, बहसलाई रचनात्मक र रुपान्तरणमूलक बनाउन सबै पार्टी सदस्यहरुको दायित्व हो । आज हाम्रो पार्टी मात्र क्रान्तिकारी शक्तिहरुबीच क्रान्तिकारी नीति बोकेका पार्टी भएकाले क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द गर्ने दायित्व बोेकेको छ । देशभित्र दक्षिणपन्थी अवसरवादी विभिन्न प्रकारका तत्वहरु हाम्रा पार्टीका विरुद्ध यसको क्रान्तिकारी विचार नीति र कार्यक्रमलाई कमजोर बनाउन विभिन्न ढंगले लागि रहेका छन् । प्रतिक्रियावादी साम्राज्यवादीहरु र दक्षिणपन्थी अवसरवादी सँगै फुटपरस्त तत्व सबैको आक्रमणका निसान हाम्रो पार्टी बनेको छ । यस्तो अवस्थामा हाम्रो पार्टीका सम्पूर्ण पार्टी सदस्य, पार्टी कमिटी सबैले पार्टी एकताको स्पीरिट, भावलाई एकीकृत बनाउने तथा सबै खाले अवसरवाद प्रतिक्रियावादका विरुद्ध संगठित हुँदै अगाडि बढ्ने उक्त दायित्व सम्पूर्ण पार्टी सदस्यहरुमा आएको छ । हामी एकातिर पार्टीलाई वैचारिक, राजनैतिक र सांगठनिक रुपले सुदृढ बनाउने अर्को तर्फ क्रान्तिका कार्यभारलाई पूरा गर्न नयाँ ढंगको पार्टी निर्माण गर्ने र त्यसद्वारा नेपाली क्रान्तिका नेतृत्व गर्नुपर्ने छ ।
पार्टीलाई एकताबद्ध बनाउँदै हाम्रो पार्टीले एकता अधिवेशनमा भएका आधारभूत सहमतिको जगमा आगामी एकता महाधिवेशनले क्रान्तिकारी नीति तय गर्नुका साथै पार्टीले तय गर्ने नीतिलाई कार्यान्वयन गर्ने कुशल नेतृत्वको समेत चयन गर्ने छ । यो एकता महाविधेशन साच्चिकै क्रान्तिकारीहरुले देशमा नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यलाई कार्यरुप दिने नीति तथा कार्ययोजना तय गर्दै, क्रान्तिकारी आन्दोलनलाई संगठित गर्ने र संघर्षलाई अगाडि बढाउन पहल लिनेछ । अर्कोतर्फ देशभित्र छरिएर रहेका क्रान्तिकारी तह र तप्कालाई गोलबन्द गर्ने देशभक्त जनवादी शक्तिहरुको नेतृत्व गर्ने दलाल तथा नोकरशाही, नवऔपनिवेशिक अवस्थामा पुगेका राष्ट्रलाई आत्मनिर्भर र जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने कार्यका अग्रगामी कार्यक्रमसहित अगाडि बढ्न सफल हुनेछ । पार्टीभित्र देखा पर्न सक्ने निरासावाद, पलायनवाद, निस्कृयतावाद र गलत प्रवृत्तिलाई समेत अन्त्य गरेर महाधिवेशनले ठोस र सही नीति पारित गरी अगाडि बढ्न सफल बन्ने छ । यी सबै दायित्व पूरा गर्न पार्टी एकतालाई सुदृढ गर्ने कार्यमा सबै पार्टी सदस्यहरुको र सबै पार्टी कमिटीका नेतृत्वदायी पंक्तिले आत्मबोध गर्नुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित