प्यूठान । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति प्यूठानलेआगामी कात्तिक ११ र १२ गते जिल्ला एकता सम्मेलन गर्ने भएको छ । एकता महाधिवेशन, जिल्ला सम्मेलन लगायतका विषयहरुलाई जानकारी दिनकोलागि २०८१÷०६÷११ गते आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको छ । पत्रकार सम्मेलमा वितरित प्रेस वक्तव्यमा तीन क्रान्तिकारी पार्टीहरुको एकता भई बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन सम्पन्न हुन गईरहेको साथै जिल्ला सम्मेलन पनि गर्न गईरहेकोले सबैसंग सफल पार्नको लागि सहयोगको अनुरोध गरिएको छ ।देशमा व्यापक रुपमा विकृति विसंगति रहेको भन्दै महाधिवेशनमा ती सबै विषयहरुमा व्यापक छलफल हुने र यी सबै समस्याको समाधान गर्न जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको आवश्यकता रहेको कुरा वक्तव्यमा उल्ल्ेख गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ । हाम्रो पार्टी कान्तिकारी कम्युनिष्ट पाटी नेपाल को आगामी मंसीर १३ देखि २३ गते सम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन गर्दै छौ । साथै आगामी कात्तिक ११ र १२ गते जिल्ला एकता सम्मेलन पनि गर्दै छौ । यही खुसी को खबर सम्प्रेषण गर्न आज हामीले पत्रकार भेटघाटमा कार्यक्रम राखेको हौ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो । हाम्रो मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद,लेनिनवाद,माओवादरमाओ विचारधारा हो । हाम्रो पार्टीले अर्थ सामाजिक दृष्टिबाट नेपाल नवऔपनिवेशिक र अर्थराजनीतिक दृष्टिबाट दलाल तथा नोकरशाही पुँजीवादी रहेको छ भनी निष्कर्ष निकालेको छ। यी दुवै बाधक तत्वलाई परास्त गर्न नेपाली जनता नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने विषयमा दृड संकल्पित छौ ।
हामीले यो महाधिवेशनलाई एकता संघर्ष र रुपान्तरणको वैज्ञानिक शैलीमा सम्पन्न गर्दै छौ । बहस छलफललाई केन्द्र देखी स्थानीय स्तर सम्म संचालन गरेर यो एकता महाधिवेशनलाई अध्ययन तथा छलफलको केन्द्र बनाउने कुरामा पनि हामीले विशेष जोड दिएका छौ । हामी यही कार्यसूचीका साथ राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्दै छौ । महाधिवेशनको यो कार्यसूचीमा भागलिन हामी आम जनसमुदाय तथा विभिन्न तह र तप्कामा रहनु भएका महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं।
देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको बिषय गम्भीर बन्दै गइरहेको छ । सत्ताधारी दलहरु जनताबाट बद्नाम भएका छन । उनहरुले जनहितका काम भन्दा पनि आफ्नो सत्ता कसरी जोगाउने र सत्ता को आडमा शोषण, दमन र भ्रष्टाचारलाई प्रसय दिइरहेका छन् । महङ्गी आकासिएको छ , स्वदेशमा रोजगारीको संभावना छैन, देशको युवा जनशक्ति हजारौं संख्यामा प्रत्येक दिन विदेश पलायन भैरहेको छ र गाँउ वस्तिहरुमा असक्त, बुढा बुढी र बालबालिकाहरुको संख्या मात्र रहेको छ । सरकार रोजगारीको संभावना खोज्ने मनसायमा देखिँदैन । उल्टै युवा जनशक्तिलाई अन्य दशमा पलायन गराउन चाहेको देखिन्छ ।
शोषण चरम रुपमा बढेको छ । सहकारी, लघुवित्त र मिटरव्याज पीडितहरुको सख्या दिनानुदिन बढिरहेको छ । राज्य सत्ताको अब्बल स्थानमा रहेर सरकार सञ्चालन गरेकाहरुनै यो खेलमा मुछिएका छन् । तर राज्यले यसलाई नियमन गर्न सकिरहेको छैन् । गरे जस्तो गर्दै पीडित जनताको आँखामा छारो हाल्ने काम गरेको छ । यसको पछिल्लो उदाहरण रबी लामिछाने हुन । जस्लाई पक्राउ गर्न आनाकानी भैरहेको छ । यसमा सत्ता साझेदारी र सत्ता टिकाउने खेलमा मोलमोलाई भैरहेको बुझिन्छ ।
देशमा सरकारी अस्पतालहरु कवाड खाना जस्तो बनाईएको छ ।अस्पताल पसलजस्तै छरपस्ट छन् । गरिव निमुखाहरुले उपचार पाउन सकिराखेको अवस्था छैन । निकै महंगो अस्पताल खर्च हुने कारणले जनताले अकालमा ज्यान गुमाएका छन् । राज्यले बाँच्न पाउने मौलिक अधिकारबाट जनतालाई बन्चित बनाएको छ भने मेडिकल माफियाको संरक्षणमा राज्य पक्ष लागेको छ ।
किसानहरूले समयमा मल बीउ नपाउनु , उत्पादन गरिएका बस्तुहरुको बजार व्यवस्थापन नहुन अर्को विडम्बना हो । कृषि प्रधान देशमा किसान मारा राज्यको कार्यशैली देखिन्छ । राष्ट्रिय उधोग धन्दा चौपट परिएको छ । राष्ट्रिय पुँजीलाई संरक्षण र प्रोत्साहन गर्नुको साटो दलाल तथा नोकरशाही पुँजीपति वर्गलाई संरक्षण गर्ने राज्यको नीति बन्यो । यो अत्यन्तै दुखद विषय हो । यस्ले राष्ट्रिय स्वाभिमानताको धज्जी उडाउने काम भएको छ । यो प्रकारको उदार अर्थनीतिले हामीलाई गुलाम बनाउने भन्दा अरु केहि हुन सक्दैन ।
आज सरकार र संसदमा दलाल, माफिया र ठेकेदारहरुको बाहुल्यता छ । उनिहरुले आफु अनुकुल निती निर्माण गरेर खाने नै हुन् । विदेशी शक्ति राष्ट्रहरू र विभिन्न तत्वहरूले उनिहरुलाई चङ्गुलमा फसाएको छन् । उनिहरुले आफ्नो स्वार्थ अनुकूलका विभिन्न योजनाहरू नेपालमा लागु गराउन चाहन्छन् । एम सि सि परियोजना यस्को ज्वलन्त उदाहरण हो । राष्ट्र ,राष्ट्रियता र जनतन्त्रको पक्षमा यो सरकार र यीन दलहरु प्रतिवद्ध देखिँदैनन् । हामीले उठाएका यावत् विषयहरूमा खबरदारी गर्दै यसको विकल्पमा जानु भन्दा अर्को उपाय नै देखेको छैनौं ।
यसर्थ हामीले हाम्रो एकता महाधिवेशनमा यावत् विषयहरूमा गम्भीर ढंगले छलफल, बहसपछि एउटा सही निष्कर्षमा पुग्ने छौ र वैज्ञानिक कार्यदिशाको निर्माण गर्नेछौं ।
हाम्रो यो ऐतिहासिक एकता महाधिवेशनलाई सफल पार्न हामीले आम नेपाली जनसमुदायहरू , व्यापारी, उद्योगपति, बुद्धिजीवी र विभिन्न तह र तप्कामा रहनु भएका महानुभावहरुलाई हार्दिक अपील गर्दछौं । ”
पत्रकार सम्मेलन जिल्ला संयोजक बिर बहादुर पुनको अध्यक्षता, प्रमुख अतिथि केन्द्रीय सचिवालयलाई सदस्य धनेश्वर गौतम र संचालन जिल्ला सह संयोजकमा गोविन्द राज पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।