प्राकृतिक विपत्तिपीडितप्रति सरकारको उदासिनता ः६ किसान संगठनको विरोध

काठमाडौँ । छ किसान सङ्गठनले बाढी ,पहिरो , डुवान कटान जस्तो प्राकृतिक विपत्तिपीडितप्रति सरकारले देखाएको उदासिनताको ६ किसान संगठनहरुले विरोध गरेका छन् ।२०८१ असोज १३ गते आइतबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो विरोध व्यक्त गरेका हुन् ।प्रेस वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटा, नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ । असोज ९ देखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण भौतिक संरचना, किसान परिवार र आम जनता प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले सो प्रेस वक्तव्य मार्फत् समवेदना, सहानुभूति तथा पूर्वसतर्कताका लागि अपिल गरेका छन् ।पूर्वसतर्कताको जानकारी भएर पनि प्रभावितको उद्धार र राहतमा सरकार घोर उदासिन तथा लापरबाहीदेखिएकोमा उनीहरूले सरकारको आलोचनासमेत गरेका छन् ।भौतिक संरचनाको अमैत्रीपूर्ण स्वरूप, जलाधार क्षेत्रको अतिक्रमण, भूगर्भ इन्जिनियरका सुझावको बेवास्ता तथा भौतिक पूर्वाधार निर्माणमा भ्रष्टचारले गर्दा बाढीपहिरोले उग्ररुप लिएको  उनीहरू धारणा छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित