सविता कुमारी मल्लिकः त्रि. वि. बाट राजनीति शास्त्रमा दर्शानाचार्य गर्ने पहिलो विद्यार्थी

 

रामबहादुर बुढा, काठमाडौ । सविता कुमारी मल्लिक अध्ययन र अध्यापनमा जीवन समर्पण गर्नु भएकी व्यक्तिको नाम हो । जीवनका अनेकौं कठिनाईका बाबजुद अध्ययन अध्यापनमा निरन्तर सक्रिय रहँदै उहाँ त्रिभुवन विश्व विद्यालय राजनीतिशास्त्र केन्द्रीय विभागबाट एम. फिल.( दर्शानाचार्य) उत्तीर्ण गर्न सफल हुने पहिलो विद्यार्थी बन्न सफल हुनु भएको हो ।

सन २०२० मा त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागले पहिलो पटक एमफिल( पि.एच.डि.)कार्यक्रम सन्चालन गरेको थियो । उहाँ त्यस कार्यक्रमको पहिलोव्याचको विद्यार्थी हुनुहुन्थ्यो । पहिलो व्याचमा ३५ जनाको कोटामा ५२ जनाले परीक्षा दिएका मध्ये उहँले पाँचौ नम्बरमा नाम निकाल्न सफल हुनु भएको थियो । ६र६ महिनाको दुई सेमेस्टर अध्ययन पूरा गरे पछि ५ जना सिधै पि एच डी अध्ययनमा जान पाइने व्यवस्था अनुसार पहिलो बव्याचका अर्जुनध्वज अर्याल, टहल थामी, गणेश वि. क . , होम प्रसाद घिमिरे , ईन्दिरा देवी प्रसाईं ५ जना पि.एच. डि.अध्ययन तिर लाग्नु भयो । तर मल्लिका सिधै पि.एच.डि . तिर जानु भन्दा तेस्रो सेमेस्टर पूरा गरेर मात्र पि.एच.डि.तिर जाने सोचाई बनाउनु भयो र उहाँले एम .फील. तेस्रो सेमेस्टरमा ूस्टाटस एण्ड इस्युज अफ रेप्रीजेन्टेशन इन द हाउस अफ रेप्रीजेन्टेटिभ अफ नेपाल ,शीर्षकमा शोध प्रवन्ध लेख्नु भयो । त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागबाट शोध प्रवन्ध बुझाए पछि उहाँले त्रिभुवन विश्वविद्यालय परीक्षा शाखा बल्खुबाट २०२४ जनवरी १० मा जारी मार्कसीट प्राप्त गर्नु भएको छ । त्यस भन्दा पहिले कसैले पनि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिंशास्त्रमा एम.फिल.(दर्शानाचार्य ) को ट्रान्स्कृप्सन प्राप्त गरेको छैन । अतः उहाँ त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा दर्शानाचार्य गर्ने पहिलो विद्यार्थी बन्न सफल हुनु भयो । मल्लिका पछि हिरेन्द्र शाही, सौगात गौतम , पर्शुराम रम्तेल ,विश्व हाङ राई लगायतले त्रि. वि .राजनीति शास्त्र केन्द्रीय विभागबाट एम फील डिग्री हासिल गरिसक्नु भएकोछ ।

 

सविता कुमारी मल्लिकले डिल्लीराज माध्यमिक विद्यालय झापाबाट सन् १९८३ मा एस. एल.सी.उत्तीर्ण गर्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट तर्फबाट उहाँले सन् १९८९ मा ४५। १० प्रतिशत अंक प्राप्त गरी आई ए।उत्तीर्ण गर्नु भएको थियो। त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट तर्फबाट नै सन् १९९४ मा ४०.४० प्रतिशत अंक प्राप्त गरी बी. ए.उत्तीर्ण गर्नु भएको थियो। सुकुना बहुमुखी क्याम्पस मोरङबाट सन् २००२ मा ४९.३३ प्रतिशत अंक प्राप्त गरी बी .एड .उत्तीर्ण गर्नु भएको थियो। त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट तर्फबाट सन् २००७ मा ६७।७० प्रतिशत अंक प्राप्त गरी एम .ए.उत्तीर्ण गर्नु भएको थियो।

एम. फीलमा उहाँले बी।.प्लस ग्रेड प्राप्त गर्नु भएको छ । एम. फील प्रथम सेमेस्टरका चार विषय हरेकका एक सय पूर्णाङ्क भए मध्येमा राजनीतिक दर्शन शास्त्रमा ए माइनस , राजनीति शास्त्रको सिद्धान्तमा ए माइनस,तुलनात्मक राजनीतिमा बी प्लस र अन्तर्राष्ट्रिय सम्बन्धमा बी प्लस ग्रेड प्राप्त गर्नु भएको थियो । एम फिल दोस्रो सेमेस्टरका १ सय पूर्णाङ्कका तीन विषय मध्ये राजनीति शास्त्र अनुशन्धानको दार्शनिक आधरमा ए , राजनीति शास्त्रकोअनुसन्धान पद्धतिमा ए माइनस , नेपालको राजनीति र शासनमा ए माइनस तथा ५० पूर्णाङ्कका दुई विषय मध्येमा राजनीति शास्त्रको प्राज्ञिक लेखनमा ए र राजनीति शास्त्रको व्यवहारिक अनुशन्धानपद्धतिमा बी प्लस ग्रेड प्राप्त गर्नु भएको थियो । तेस्रो सेमेस्टर अर्थात थेसिस (डिजर्टेशन)मा ए माइनस ग्रेड प्राप्त गर्नु भएको थियो।

सबिता कुमारी मल्लिकको जन्म सन् १९६४ अप्रील १७ मा झापा जिल्लाको तत्कालीन तागनडुब्बा गाउँपन्चायत ( हाल झापा गाउँपालिका वडा नम्बर ६ ) मा भएकोथियो । वुवा सुरेन्द्रलाल मल्लिक र आमा शुशिला देवि मल्लिकका उहाँ तेस्रो सन्तान हो ।उहाँका एक दाजु र एक भाइ तथा एक दिदी र दुई बहिनी हुनुहुन्छ । २०४५ असार१० ( सन १९८८ जुन २४) मा सर्लाही जिल्लाको हालको चन्द्रनगर गाउँपलिकामा मनोज कुमार कर्णसित उहाँको विवाह भएको थियो । उहाँका दुई छोरा प्रलव कायस्थ र सुलभ कायस्थ हुनुहुन्छ । अहिले उहाँको परिवार काठमाडौ कलंकी बस्दै आएको छ । उहाँका पति मनोज सर्जिकल सामानको विजिनेशमेन हुनुहुन्छ ।

२०६८ साल मङ्सिर ७ गते उहाँले पद्मकन्या क्याम्पस बागबजारमा अध्यापनकालागि नियुक्ति प्राप्त गर्नु भएकोथियो। । २०७९ श्रावण ४ गतेबाट उहाँ सोही क्यम्पसमै राजनीति शास्त्र विभागमा हेड अफ डिपर्टमेण्टको जिम्मेवारीमा रहँदै आउनु भएकोछ । पद्म कन्या क्याम्पसमा अध्यापन गर्नु भन्दा पहिले नेपालका विभिन्न निजी स्कूलहरूमा उहाँ शिक्षिकाकोरूपमा काम गरेको अनुभव संगाल्नु भएकोछ ।

उहाँ चारवटा भाषा नेपाली ,मैथिली ,हिन्दी र अङ्ग्रेजी बुझ्न र धाराबाहिकरूपमा बोल्न सक्नु हुन्छ । उहाँ राष्ट्रिय शिक्षा पुरस्कार २०६६ बाट सम्मानित हुनु भएको थियो । उहाँले केही पत्रपत्रिका र जर्नलमा केही अनुसन्धानमूलक लेख पनि लेख्नु भएकोछ । त्रिभुवन विश्वविद्यालयका कृष्ण खनाल, कृष्ण हाछेथु, विदुर फुयाँल , महेन्द्र सापकोटा,पुष्प अधिकारी ,भीम सुवाल लगायतका प्राध्यापकहरूद्वारा एम फीलमा प्राप्त ज्ञानबट अनुसन्धानमा लाग्न सजिलो भएको उहाँको अनुभुति छ । उहाँ अहिले त्रिभुवन विश्वविद्यालयबाट पी.एच.डी . डिग्री पूरा गर्ने दौडमा हुनुहुन्छ ।अनुसन्धान र शिक्षण क्षेत्रबाट समाज र देशको निम्ति उहाँले अझ उच्च स्तरको योगदान पू¥याउँदै जानु हुनेछ भन्ने आसा गर्न सकिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित