एकता महाधिवेशनको प्रचार प्रसार तीव्र हुँदै

काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर १३ –२३सम्म काठामण्डौमा सम्पन्न गर्न गइरहेको एकता महाधिवेशनको प्रचार प्रसारलाई तीव्र पारेको छ ।२०८१ भदौ २० गतेदेखि प्रचार प्रसारको शुरुवात गरेको सो पार्टीको एकता महाधिवेशन प्रचार प्रसार समितिले अहिले निरन्तर रुपमा भित्तेलेखन ,होर्डिङबोर्ड ,व्यानरहरु झुण्ड्याउने काम गरिरहेको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महाधिवेशन प्रचार प्रसार समितिले महाधिवेशनको प्रचार प्रसारलाई व्यापक रुपमा लैजाने निर्णय गरेको छ । पर्चाहरु बनाउने ,जिङगलहरु बजाउने ,भित्तेलेखन गर्ने , देशभित्र पस्ने र बाहिरिने नाकाहरुमा होडिङबोर्डहरु राख्ने ,पोष्टकार्डहरु बनाउने मिडियाहरुमा विज्ञापन गरेर महाधिवेशनको प्रचार प्रसारलाई जनता समक्ष पु¥याउने जनाएको छ ।

महाधिवेशनको सन्दर्भमा जनभेटघाट, भेला ,सम्मेलनहरु देशव्यापी रुपमा जारी रहेका छन् ।पार्टीले महाधिवेशनलाई बहसको केन्द्र बनाउने निर्णय गरेको छ ।राजनीतिक दिशा निर्देश गर्ने थलो महाधिवेशन भएकाले सबैलाई सुझाब पठाउन पनि अनुरोध गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका विभिन्न भड्कावहरुलाई चिरेर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको छ ।यो अवस्थामा नेपालको कम्युनिष्ट आन्दोलनलाई टुटफुट र विभाजनबाट होईन राजनैतिक, वैचारिक दिशा स्पष्ट गर्दै कम्युनिष्ट एकता र ध्रुवीकरणको दिशामा अगाडि बढाउन यो महाधिवेशनले स्पष्ट दिशा निर्देश गर्नेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित