तुलसीपुर उपमहानगरपालिका नगर एकता सम्मेलन सम्पन्न

दाङ,असोज २१।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिका नगर एकता सम्मेलन तुलसीपुरको बिजौरीमा सम्पन्न भएको छ ।पार्टीको नगर संयोजक इश्वरी प्रसाद गैरेको अध्यक्षतामा भएको सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज नारायण योगी , पार्टीका रोल्पा जिल्ला इञ्चार्ज नारायण भण्डारी नगर इञ्चार्ज सशिराम बुढाथोकीको विशेष उपस्थितिमा एकता सम्मेलन सम्पन्न भएको हो ।एकता सम्मेलनले मन बहादुर वलीलाई तुलसीपुर उपमहानगरपालिका सचिवमा सर्बसम्मत निर्वाचित गरेको छ ।उक्त सम्मेलनले १५ सदस्यीय तुलसीपुर उपमहानगरपालिका नगर समिति गठन गरेको छ ।
निर्वाचित नयाँ नगर समितिलाई बधाई तथा शुभकामना दिदै दाङ जिल्ला इञ्चार्ज नारायण योगीले तिनवटा पार्टी मिलेर नयाँ पार्टी बनेको हुँदा अबको दिन एकता महाधिवेशन मङ्सिर १३ सम्म डटेर खटन र एकता महाधिवेशन सम्पन्न गर्नका लागि दिनरात खटेर लाग्न अनुरोध गरे ।महाधिवेशनलाई छलफल ,बहसको केन्द्र बनाउने भन्ने निर्णय भएको हुँदा सोही अनुसार लाग्नु पर्ने कुरामा जोड दिए । अर्का केन्द्रीय सदस्य नारायण भण्डारीले अबको आवस्यकता भनेको नयाँ बवचार सहितको नयाँ पार्टी नयाँ योजनाका साथ नयाँ जनबादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवादमा पुग्ने मार्गचित्र बन्ने सोही अनुसार एकता महाधिवेशन बाट नयाँ विचार सहितको पार्टी बनाउनपर्ने कुरा राखे ।तुलसीपुर नगर इञ्चार्ज सशिराम बुढाथोकी लगाएतका वक्ताहरुले नवनिर्मित समितिलाई बधाई तथा शुभकामना भन्तव्य राखेका थिए । शुभकामना मन्तव्य हुपमान राना र कार्यक्रम सञ्चालन इन्दु वलीले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित