२८ असोज काठमाण्डौ ।युक्रेनका राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीले उत्तरकोरियालले रुसलाई सैन्य सहायता गरिरहेको बताएका छन् ।उनले रुसलाई उत्तरकोरियाले हतियार मात्रै होइन सैन्य सहयोग पनि गरिरहेकाले ठूलो युद्ध हुनबाट जोगाउन रुसका सहयोगीहरुतिर पनि युक्रेनसहयोगी देशहरुको ध्यान जानु पर्ने बताएका छन् ।जेलेन्स्कीले लामो दुरी सम्म मार हान्न सक्ने हतियारहरु चलाउन युक्रेन सहयोगी देशहरुले अनुमति दिनु पर्ने पनि बताएका छन् ।रुस–युक्रेन युद्ध चलेको तीन वर्ष पुग्न थालिसकेको छ ।यस अवधिमा युक्रेनलाई अमेरिका ,तथा युरोपियन युनियनले भारी मात्रामा आर्थिक र हतियार सहयोग गर्दै आईरहेका छन् । जेलेन्स्कीले छिमेकीसंग लड्नलाई छिमेकी भन्दा टाढाका देशहरुसंग सहयोगको याचना गर्दै आइरहेका छन् । युद्ध रोकिने कुनै लक्षण देखिएको छैन ।