चेन्नै । अखिल भारत नेपाली एकता समाजले राजन परियार प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बाग्लुङ नगरपालिका वाड नंबर १३, मूसुराबारी, बाग्लुङ जिल्ला निवासी भिम बहादुर परियारका छोरा राजन परियार वर्ष ३३ का लामो समय मृगौला रोगबाट पीडित थिए। अचानक १५ अक्टूबर २०२४ का दिन विहान करिव ७ बजे निजको आफ्नै निवासमा दुःखद निधन भएको थियो । उक्त घटनाको जानकारी पाउन साथ अखिल भारत नेपाली एकता समाजका तर्फबाट महेन्द्र बस्याल र क्षेत्रीय समितिका सदस्य दिल कुमार नेपाली घटना स्थलमा पुगी घटनाको जायजा लिनुका साथै आवश्यक तयारी गरी करिव ५ बजे निजको पून्दमेली संसासन घाटमा दाहसंकार गरिएको छ। दाहसंस्कारको क्रममा शोक सभाको आयोजना गरिएको थियो ।सभामा अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्यालले शोक मन्तव्य राख्नुका साथै एक मिनेट मौनधारण पनि गरिएको थियो। मृतकको शवयात्रामा सहभागी हुनेमा अंकित परियार (छोरा), महेन्द्र बस्याल, दिलकुमार नेपाली, गौरव परियार, बाबुराम परियार, धन बहादुर परियार, महेन्द्र परियार, विजय परियार, रमेश थापा, विवेक परिवार, सुजन परियार, दिलकुमार परियार, नर बहादुर परियार, सागर परियार, रमेश परियार, प्रेम परियार, सुरेश परियार, सागर परियार एस. , राजेस परियार, सुदीप परियार, दिपक परियार, प्रकाश सुनाम, टंक बहादुर परियार, प्रदीप परियार, सुरेश परियार, किसान परियार, सुरेश परियार , रोशन परियार, गोविन्द परियार, अर्जुन परियार, विजय परियार, राजु लामिछाने धाइरीङ, सुजन परियार ,रमेश परियार ,प्रदीप सिंह, ज्ञानु परियार, मिना परियार, दिल कुमारी परियार, चन्द्र कला परियार, अतिश परियार, आकाश परियार र दिपक परियार रहेका थिए ।