जनवादी गीत संगीत र पार्टी एकता

(निवन्ध)
 विक्रम थापा
समय वित्दै जाँदा विगतलाई स्मरण गर्न मन लाग्दो रहेछ । हर्के, गब्बरे र बिर्खेहरुको पनि दिन बितिरहेका छन् जसरी दिनको प्रहर जस्तै यिनीहरुको जीवनमा पनि कैयौ उतावचढाब आउँछन् । ती उतार चढाब आर्थिक, सामाजिक र राजनैतिक सबै आयामहरुमा देखा पर्छन् । समयले सहयात्रीहरूलाई गराएको विछोडलाई समयले यात्राको अर्को नयाँ घुम्तीमा फेरि भेट गराएको छ । हामी फेरि एकताको हात बढाउँदै अगाडि लम्किरहेका छौँ ।

२०६२र६३को जनआन्दोलनको बेलामा शहरका मुख्य चोकहरुमा सामन्तले नौजाल बुन्छ, आखिरिमा जनताकै जीत हुन्छ ,जहाँ भोको पेटले दाना पानी मागेको हुन्छ, त्यहाँ फुट्छ ज्वालामुखी जस्ता विशिष्ट र फरक सङ्गीत घन्कन्थ्यो । शरीरै जिरिङ्ग र उत्साहित बनाउने गीत सङ्गीत सङ्गै रमाउने हामी जनवादी कलाकार जनता सित आन्दोलनको मैदानमा हुन्थ्यौं । ०६२र०६३ को जनआन्दोलन भन्दा पहिला देशको सङ्कटकालीन वर्षहरुका तिहारहरुमा पनि भैली कार्यक्रम मार्फत सडकहरुमा, टोल बस्तिहरुमा विद्रोह,क्रान्ति,निमुखा चेली, मजदुर, किसान र गरीब जनताका मर्मका गीतहरु लिएर गएका हुन्थ्यौ । त्यति बेलाका गीत संगीत सम्झदा अझै पनि शरीरमा एक खालको आनन्दको अनुभुति सन्चार हुन्छ ।हुनत साङ्गीतिक यात्राका शुरुवाती दिन गाउँघरका आगन, चौतारी, चौर र वन ,जङ्गलमा आजका जनगायक जीवन शर्मा तिनै राम कृष्णका गीत सङ्गीतको प्रभावले गराएको थियो । ती बिगतहरु सम्झिदा अझै पनि आफ्ना किशोर उमेरका वर्षहरु अनि युवावस्थाको जोस जाँगरमा कमि आएको महसुस भएको छैन ।

विचारमा देखिएको मतभेदको कारणले हो वा यो वा त्यो ढङ्गको अन्य अवसरवाद र गुटबन्दीको कारणले हो २०६३ को दोश्रो जनआन्दोलन सङ्गै पार्टीमा विभाजन आयो । विभाजनको सबै भन्दा मार्मिक पीडा कलाकारहरुलाइ पर्दो रहेछ । राजनैतिक नेतृत्वले भनेका वा गरेका प्रशिक्षणले कार्यकर्तालाई केही शितलता दिए पनि थुप्रै सन्दर्भहरुमा कहि न कहि अभाब र शुन्यताकोबीचबाट हाम्रा दिनहरु बिते । एक पटकको तिहारको बेलामा यी माथिका रेखाङ्कनमा परेका हामी कलाकारहरु बिगतको भैली कार्यक्रमको अविस्मणीय घटनाहरु सम्झदै आपसमा फेसबुक म्यासेन्जरमा र मोबाइल फोनमा समेत कुराकानी गर्दा अलग अलग रुवाबासी समेत गरेका थियौँ। बर्गीय र भावनात्मक निकटताले यो हद सम्मको गतिविधिमा अलग अलग पार्टीमा भए पनि  सम्झना दिलाउँदो रहेछ । आजका दिन सम्म कुनै एक घटना वा बिशेषको कुनै पनि सम्झना छैन जसले व्यक्तिगत सम्बन्धमा दरार बनायो । यी सबै समान सोच र भाबनाका उपजहरु रहेछन । आज तिनै आत्मीय साथीहरूलाई समयले फेरि एक ठाउँमा ल्याएको छ । सम्झना ताजै छ, आत्मियता प्रगाढ छ तर हिजोको परिवेश आज छैन किनकि आज दुई खाले दायित्वबाट गुज्रिरहेका छौ । एक, कहि न कहि पार्टीको नेतृत्व तहमा सानो तिनो जिम्मेवारीका भारी बोकिरहेका छौ अर्को,परिवारका अभिभावक सदस्यको कर्तव्य पनि निभाइरहेका छौ ।

लामो समय सम्म आ आफ्ना र अलग अलग आन्दोलनका मोर्चाहरु सम्हाल्दै आएका हामीहरु फेरि समयले एक ठाउँमा एउटै आन्दोलन र एउटै मोर्चामा केही फरक पारेर समयको कसिमा दौडाएको छ । उमेरको तीन दशक लामो पार्टी जीवनले के सिकाइ रहेको छ भने निस्वार्थ, निडर र निर्भीकता साथ न्याय र सच्चाइको पक्षमा सदैव गर्विलो यात्रा अगाडि बढाइरहनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित