कार्तिक ,३, काठमाडौ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्व गृह मन्त्री रवि लामिछाने काठमाडौबाट हिजो कार्तिक २ गते पक्राउ परेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख समेत रहेका उनलाई सोही पार्टी केन्द्रीय कार्यालय बालाजुबाट प्रहरीले पक्राउ गरी स्थल मार्गबाट राती नै पोखरा पुर्याएको थियो ।
हाँक प्रतिनिधि विक्रम थापाले पोखराबाट दिएको जानकारी अनुसार प्रहरी कार्यालय गैरापाटन वरपर रास्वपाका कर्याकर्ता विहानै देखि जम्मा भइ नारा जुलुस गर्ने गरेका छन् । प्रहरी प्रशासनले पनि सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । गैरापाटन, चिप्लेढुङ्गा ,महेन्द्र पुल क्षेत्रमा प्रहरी उपस्थिति बढाइएको छ । रविका समर्थकहरूले रविलाई राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको बताएका छन् । तर सहकारी पीडितहरूले रवि ठग नै हो भम्दै सहकारीमा ठगीभएको रकम फिर्ता हुनु पर्ने माग गर्दै लामो समय देखि आन्दोलनमा छन् ।
कतिपय स्वतन्त्र बिश्लेषकहरूले सहकारीमा जम्मा भएको रकम खाएर गरिब जनतालाई बिल्लीबाठ बनाउने ठग रवि लामिछाने जेल जानै पर्ने मत राख्दै आएका छन् । लामिछानेको दोहोरो पासपोर्टको मुद्दा सर्वोच्चमा विचाराधीन छ । सहकारी ठगी, संगठित अपराध र किर्ते अपराधलाई हेर्दा उनी धरौटीमा छुट्न नहुने ,जेल जानू पर्ने मत राख्नेहरूको संख्या ठूलो छ । रविका समर्थकहरूले सहकारी ठग नेपाली काङ्ग्रेसका धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन रविलाई मुद्दा लगाइएको पनि बताएका छन् । भोलि आइतवार उनलाई अदालतमा उपस्थित गराउने बताइएकोछ ।