जनकपुर। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेश प्रदेश स्तरीय आन्तरिक फोरम धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन महेश र अध्यक्षता रमेशले गर्नु भएको थियो । अतिथिहरूमा पार्टीका सहसंयोजक असिम ,कार्यालय सदस्य सागर, आयोजक कमिटी सदस्य अमर र जयराज हुनुहुन्थ्यो । प्रस्तोताहरूले आआफ्नो धारणा प्रस्तुत गरे पछि हाउसबाट उपस्थित सहभागीहरूले आआफ्ना सुझाव प्रस्तुत गर्नुभएको पार्टीका मधेश प्रदेश ईन्चार्ज सागरले बताउनु भयो । अन्तमा हाउसमा उठेका प्रश्नहरूको जवाफ सहसंयोजक असिमद्वारा प्रष्ट पार्ने काम भयो। अन्तमा सबैलाई धन्यवाद सहित कार्यक्रमका अध्यक्ष रमेशद्वारा कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।
Comments