चेन्नेमा नेपाली मज़दूरहरूलाई अटो ड्राईभर द्वारा लुटपाट एकता समाजले गर्यो उद्दार

चेन्नै । चेन्नैमा नेपाली मजदुरहरुलाई अटो ड्राइभरद्वारा लुटपाट भएका छन् ।लुटपाटमा परेका नेपाली मजदुरहरुलाई अखिल भारत नेपाली समाजले उद्धार गरेको छ । बाँसगडी नगरपालिका वाड नंवर ७, बर्दिया नगरपालिका वाड नंबर ११ र गुलेरिया नगरपालिका वाड नंबर ११ बर्दिया जिल्ला निवासी क्रमस प्रसान्त कुमार चौधरी, सन्तोष थारू, सरोज चौधरी, राम थारू र रेजीना कुमार थारू भारतको पान्डीचेरी जानकोलागि लखनऊ हुँदै २३ अक्तूबर २०२४ का दिन चेन्नै सेंट्रल पुगे छन। चेन्नैबाट पान्डिचेरीको बस चढ्नकोलागि अँटो चढेर बस स्टेशन तर्फ जाने क्रममा अँटो ड्राइभरलहरूले बिचबाटोमा पुगे पछि अटो रोकेर अन्दाधुन्द गाली गलौज गर्दै हातपात समेत गरी सबैलार्इ हाइज्याक गर्ने धम्की दिएछन।
त्यस पछि सबै जना संग २००० का दरले पैसा माग्न शुरू गरेछन। पैसा भएकाहरूले दिएछन । तर एक जनासंग पैसा नभए पछि निजले अखिल भारत नेपाली एकता समाज पान्डिचेरी नगर समितिका अध्यक्ष सुर्य थापालार्इ फोन गरेछन। सुर्य र लाल कुमारले तुरंत रू १००० अटो वलाको निर्देशनमा दोकानको फोनमा नंबरमा इसेवाबाट भुक्तानी गर्नु भएछ। त्यस पछि यतिले हुँदैन अझ एक हज़ार माँग गरेछ। त्यस पछि सुर्य थापाले महासचिवलाई फोन गरी घटनाको जानकारी गराउए ।अटो वाला संग कुरागरी त्यही बस्न भने पछि अटोवाला उनीहरूलाइ किलाम बाक्कुमको बस स्टेशन नजिकै छोडेर फरार भएछन । अटो वलाले निर्दोष नेपाली मज़दूरहरूसंग करिव रू ६५०० नगद र सरसामान लुटेर लगेछन। अन्जान ठाउमा भाषाको ज्ञान नभएका नया साथीहरूका झोला र खल्ती सबै चेक गरेर पैसा लगेर अलपत्र पारेर छोडेछन। ससमाजले बस स्टेशन नजिक रहेका धन बहादुर थापासंग घटनाको जानकारी गराएपछि बस स्टेशन पुगेर घटनाको बारेमा जानकारी लिनुका साथै जनही रू ५०० का दरले पैसा दिएर पान्डीचेरीको बस चढाइ सहयोग गरियो । पीडितहरु अखिल भारत नेपाली एकता समाज पान्डीचेरी नगर समितिको कार्यालयमा पुगेपछि नगर अध्यक्ष सुर्य थापा र केन्द्रीय सदस्य हरिकला थापाले उनीहरूलाइ खान बस्नको व्यवस्था मिलाए। एकता समाजका सदस्यहरुले साँझतिर आफन्तजनसंग कुरा गराएर नोकरीको समेत बन्दबस्त समेत गरिएको छ ।

यस घटनालाले के पाठ सिकाउछ भने भारतव्यापी कामको खोजीमा आएका नेपाली मजदुरहरु बाटोमा अत्यन्त चनाखो हुने र सावधानीपूर्वक यात्रा गर्ने । दोश्रो कुरा संगठनमा आबद्ध हुने । तेश्रो यात्रा गर्दा अटो भाडा स्पष्ट रूपमा सोधेर चढ्ने गर्न अखिल भारत नेपाली एकता समाजले सबैमा अनुरोध गरेको छ । अटो ड्राइभरले नया यात्रुसंग गरेको त्यो हर्करतको निन्दा गर्दै अखिल भारत नेपाली एकता समाजले सबैलार्इ ठगी हुनबाट जोगिन सतर्क रहन आवहान गर्दै लज्जाजनक घटनाको कडा शब्दमा भर्त्सना गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित