अखिल भारत नेपाली एकता समाजले सिवानीलाइ आमा वुवाको जिम्मा लगायो

चेन्नै । रोडमा भेटीएकी ३ बर्षीय बालीका सिवानी परियारलाइ २४ अक्तूबर २०२४ का दिन १० बजे निजका आमा वुवाको जिम्मा लगाइएको छ। सिवानी परियार रोडमा भेटिए पछि अखिल भारत नेपाली एकता समाजले निजका आमावुवा पत्ता लगाउन फ़ेसबुकमा समाचार अपलोड गरेको थियो। करिव २ घन्टामा नै सिवानीका आफन्तजनले फ़ेसबुकको समाचार देखेर फोन सम्पर्कमा आए। त्यसपछि अखिल भारत नेपाली एकता समाजले उनीहरूलार्इ क्षेत्रीय कार्यालयमा बोलाएर नागरिकता प्रमाण पत्रकों प्रतिलिपि र सिवानीले आफ्नो परिवारसंग रहेको पुरानो ग्रुप तस्बिर प्रुफकोलागि लिएर चेक जाँच गरी बच्ची सिवानी लाइ वुवा दिनेश परियार, आमा लक्ष्मी परियार र जेठा वुवा विमल परियार लाइ बुजाउने काम भएको छ। निजको स्थाई ठेगाना धनगढी उपमाहानगर पालिका वाड नंबर १२ कैलालि जिल्ला नेपाल रहेछ। भने अस्थाई ठेगान त्रिमंगलम, आन्ना नगर, चेन्नै रहेछ। बाबु सुतेका र आमा डिउटी गएको समयमा छोरी खेल्दै खेल्दै मेईन रोडमा पुगिछन त्यस पछि अगाडि जाँदै गर्दा टाढै पुगे पछि अल्मलिएर मन्दिरको आडमा एक्लै बसेको देखे पछि एकजना स्थानीयले अखिल भारत नेपाली एकता समाजलाइ बुझाएएका थिए।

अखिल भारत नेपाली एकता समाज भारतमा कार्यरत सम्पूर्ण नेपालीहरूको हक हित र सुरक्षाको प्रत्याभूति गर्ने अभिभावकिय संगठन भएको हुनाले आफ्नो डिउटी पुरा गरी सिवानी बच्चीलार्इ माता पिता खोजेर जिन्मा लगाएको छ। अखिल भारत नेपाली एकता समाजले सम्पूर्ण नेपालीहरू समक्ष आफ्ना बाल बच्चा सुरक्षित ढंगले रेखदेख गर्नअनुरोध गरेको छ। बच्चीका आमा वुवा खोज्न सहयोग पु¥याउने सम्पूर्णलाइ हार्दिक धन्यवाद दिएको छ । साथै पत्रकार राजु अधिकारी र मैना अधिकारी लार्इ धेरै धेरै धन्यवाद दिएको छ । आमा वुवाले अखिल भारत नेपाली एकता समाज चेन्नई लाइ हार्दिक धन्यवाद दिएका छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित