माङ्सेबुङको एक विधालयमा ६ महिना देखि छैन शिक्षक

इलाम । इलामको माङ्सेबुङ गाउपालिका वडा न. ४ मा रहेको श्री बिधा सिर्जनात्मक मावि , मार्चेबुङ मा निमावि र प्रावि तहको २ पद रिक्त भएको ६ महिना नाघि सकेको छ। उक्त कारणले बिधालयको बिधालयको पठनपाठनमा अत्यन्तै प्रभाव परेको छ।

बिधालयमा शिक्षक नहुदा बिधार्थीको भविष्यमाथि खेलवाड भएको छ। तर गाउपालिका लाई यस बारे खासै चासो भएको देखिदैन, बिशेष स्रोतको अनुसार गापा अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख लगायत ले नै आफु निकट शिक्षक ल्याउन खोजेको र उक्त कार्यमा विधालय व्यवस्थापन समितिले रोक लगाए पछि परिक्षा हुन नसकेको देखिन्छ।
यस बारे हाक साप्ताहिकले प्रश्न गर्दा अब चाडै परिक्षा गरेर शिक्षक पुर्ति गर्ने जानकारी गराएका छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित