बुधबार । मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्लाले ७९ औँ राष्ट्रसंघ स्थापना दिवसका अवसरमा युद्ध निषेधकोलागि प्रदर्शन गरेको छ ।बिहीबार अर्थात २०८१ कार्तिक ८ मा बिहान बुटवल हस्पिटलचोक (हस्पिटललाइन) मा अधिकार कर्मी, सन्चारकर्मी र अभियान्ताको उपस्थितिमा प्रदर्शन गरिएको हो।प्रदर्शनमा इजरायली बर्बरताः विश्व शान्तिका लागि खतरा, इजरायली बर्बरताः मानवता विरुद्धको अपराध हो, राष्ट्रसंघः विश्वलाई युद्धको विभीषिकाबाट बचाउने दृढता खोइ ? राष्ट्रसंघ शक्ति राष्ट्रका अगाडि लाचार किन ?, मानव जातिको अस्तित्वका लागि युद्ध रहित विश्व आवश्यक, रुसः तत्काल युद्ध अन्त्य गर, अमेरिकाः इजरायली बर्बरतालाई समर्थन गर्न बन्द गर , राष्ट्रसंघ बडापत्रको प्रस्तावनाः युद्ध विहिन विश्वको परिकल्पना , इजरायलः विद्यालयमाथिको आक्रमण बन्द गर , इजरायलः शान्ति सेनामाथि आक्रमण बन्द गर का नारा सहितका प्लेकार्ड बोलिएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले विश्वभरि भएका युद्ध अविलम्ब अन्त हुनुपर्ने माग गर्नुभयो। उहाँले युद्धका बाछिटाले कुनै पनि मानवअस्तित्व र मानवबस्तिहरुमा असर गर्नु जगन्य अपराध भएको औल्याए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मानवअधिकारको एजेन्डामा पत्रकारहरु शान्ति समाजको सदैव साथमा रहेकोे बताउनुभयो । पुर्व सभापति हरिश ढकालले शान्तिको विकल्प हुनै नसक्ने उल्लेख गरे। निर्वतमान सभापति खिम प्रसाद भट्टराई (कृष्ण) ले शान्ति समाजको अभियान युद्ध निशेध र शान्ति विशेषको रहेको उल्लेख गरे।
जिल्ला सभापति अर्जुन ज्ञवाली समाज, देश र विश्वमा शान्ति र अहिम्सा कायम गर्ने हरेक प्रकारका युद्ध निषेध गर्न सरोकारवालालाइ जोडदार माग गर्नुभएको थियो। उहाँले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिन्साको लागि आफुहरुको अभियान लगातार लागिरहने बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल, पत्रकार स्वस्तिक श्रेष्ठ तथा प्रकाश खनाल, फ्युचर स्टार क्लबका अध्यक्ष अमिर खड्का लगायत समाजसेवी , नागरिक अभियान्ताहरु, शान्ति समाजका रुपन्देहीका पदाधिकारी, सदस्यको उपस्थिति रहेकोे थियो ।कार्यक्रममा कोषाध्यक्ष मोहनिलाल न्यौपानेको स्वागत, सभापति अर्जुन ज्ञवालीको अध्यक्षता र सचिव लिलाधर लुइँटेलको संचालनमा सप्पन्न भएको थियो ।