प्यूठान । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल प्युठानको जिल्ला एकता सम्मेलन मिति २०८१ साल कार्तिक ११ गतेका दिन सम्पन्न भएको छ। देशमा कम्युनिष्ट पार्टीहरू फुटको अबस्था मात्र भैरहको समयमा तिन पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी (माओवादी), ने.क.पा.बहुमत र ने.क.पा.(मशाल) विच एकता भई क्रान्तिकारी कम्युिष्ट पार्टी निर्माण भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको छ ।यसले कम्युनिष्ट पार्टीहरू फुट्ने मात्र नभएर अब जुटदैछन भन्ने सन्देश दिएको छ । त्यसको राष्ट्रिय एकता अधिवेशन आगमी मंसीर १३ गते देखि २३ गते सम्म काठमाण्डौमा सम्पन्न हुँदै छ त्यसै सन्दर्भमा प्यूठान जिल्ला पनि जिल्ला एकता सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनले बीर बहादुर पुनको नेतृत्वमा १५ पुर्ण ५ वैकल्पिक र ६ सल्लाहकार गरी २६ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनले वीरबहादुर पुनलाई सचिवमा निर्वाचित गरेको छ। सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पाँच न. प्रदेश इन्चार्ज कृष्णराज पौडेल , अर्का कार्यालय सदस्य के.बी गुरुङ, सचिवालय सदस्य शशिधर भण्डारी ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य जितामित्र सुनार, जिल्ला इन्चार्ज टिकाराम पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता वीरबहादुर पुन, सञ्चालन गोपाल नेपाली र स्वागत ओवराम जि.एमले गर्नु भएको थियो। कार्यक्रममा अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिनुका साथै क्रान्तिकारी आन्दोलनलाई गम्भीरतापूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल प्यूठानले सम्मेलन सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण पार्टी सदस्य,समर्थक, सुभेच्छुक तथा सम्पुर्ण जनसमुदायमा हार्दिक धन्यवाद दिएको छ।