पोखरा, कार्तिक १२।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तनहुँको एकता जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नारायण लम्सालको नेतृत्व((सचिव) मा १३ पूर्ण र ४ वैकल्पिक सदस्य सहित १७ सदस्यीय तनहुँ जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको छ ।अधिवेशनको उत्घाटन प्रमुख अतिथि पार्टीका कार्यालय सदस्य तथा ४ नं.प्रदेश इञ्चार्ज हरिभक्त कँडेल (प्रतीक) ले गर्नु भएको थियो । उत्घाटन मन्तब्य राख्दै वास्तवमा सच्चा क्रान्तिकारीलेहरु एक ठाउँमा हुनुपर्ने बस्तुगत परिस्थितिको बोध गरेर तत्कालीन मशाल सङ्ग पार्टी एकता गरेको स्मरण गर्दै दलाल नोकरशाही र सामान्ती राज्यसत्ताको विरुद्ध लगातार लाग्नको लागि आब्हान गर्नु भयो । त्यस्तै अर्का ४ नम्बर प्रदेश संयोजक चिन्तामणि पौडेलले देशमा आमूल परिवर्तनको आवश्यकता रहेको र त्यसको नेतृत्व हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मात्र गर्न सक्ने हुनाले जनतामा हामीप्रति धेरै नै विश्वास रहेको बताउदै कार्यकर्ताहरुलार्इ जनताको मन जितेर समाजमा घुलमिल हुन निर्देशन समेत गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय सचिबालय सदस्य असोक लम्साल (अनुकुल) र एकता महाधिवेशन आयोजक समिति सदस्य निश्चलले पनि कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । असोक लम्साल संयोजक रहेको तीन सदस्यीय अध्यक्ष मण्डलले निर्वाचित सम्बन्धि सम्पुर्ण कार्य सम्पन्न गरेको थियो । महान सहिदहरु प्रति १ मिनेट मौनधारण अर्पण गर्दै अघि बढेको बाबुराम सुबेदीको अध्यक्षता, स्वागत मन्तव्य जित महत, सन्चालन नारायण लम्साल सम्पन्न भएको थियो । कार्यक्रम तनहुँ जिल्लाको भिमाद नगरपालिका (४, स्थित रजी डाँडामा भएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तनहुँको एकता जिल्ला अधिवेशन सम्पन्न ।

Comments