चेन्नैमा देउसी भैलो कार्यक्रम सम्पन्न

चेन्नै ,भारत । अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम ,उत्तर दक्षिण नगर समितिको संयुक्त तत्वावधनमा देउसी कार्यक्रम ३१ अक्तूबर २०२४ का दिन चेन्नैको मिन्ट स्ट्रीटमा अबस्थित जालाराम हलमा हजारौ जनसहभागीतामा सम्पन्न भएको छ। उक्त प्रगतिशील देउसी भैलो कार्यक्रमको अध्यक्षता चेन्नै पश्चिम नगर समितिका अध्यक्ष अर्जुन केसीले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो।

उपस्थित जनमानसलार्इ सारगर्भित शब्दबाट रोमनाथ सुवेदीले र संगितबाट रक्तिमका कलाकारले सुमधुर स्वरमा आउहै एकताको झन्डामुनि तिमीलाइ स्वागत छ भन्ने गीतबाट स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल र केन्द्रीय सदस्य तथा महिला नेतृहरूले सामूहिक रूपमा दिप प्रज्वलन गरेर तालीको गड़गड़ाहटमा देउसी भैलोको उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथिले दिपावली एक सामाजिक, साँस्कृतिक र पारंपरिक महत्व रहेको बताउनु भयो। । नेपाली कला संस्कृतिको जगेर्ना गर्नको लागि पनि दिपावलीमा खेलिने भैलो प्रगतिशील ढंगबाट खेलिन्छ। यसै सन्दर्भमा अखिल भारत नेपाली एकता समाजले पनि यस वर्ष दिपावलीलार्इ प्रगतिशील ढंगबाट खेल्दै समाज संगठनको लागि आय आर्जन पनि गर्ने गरिन्छ। साथै दिपावलीमा बिभिन्न वहानामा भैलो खेलेर अनावस्यक खानपिन मोज मस्ती गर्नेहरूको पनि कमि छैन। तर हामीले समाज संगठनको नाममा भैलो खेलेर असहाय दुखी गरिवको हकहित र सुरक्षाको लागि खर्च गर्ने गर्छौ भन्नु भयो । तसर्थ हामी र हाम्रा सन्तानमा यसको ग़लत असर नपरोस भन्नका लागि समाजसेवीहरूले समयमा नै यस प्रकारका गलत समाज विरोधी छाडा प्रवृतिहरूको विरोध गर्दै रोक्नु पर्दछ भन्नु भयो। कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य तथा महिला विभाग ईन्चार्ज दुर्गा सुवेदी, केन्द्रीय सदस्य तथा जनजाति विभाग ईन्चार्ज सुर्य थापा, केन्द्रीय सदस्य तिलकराम गोराथोकी, अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष बिक्रम केसी, केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका पत्रकार राजु अधिकारी, एकता समाजकी केन्द्रीय सदस्य देवी रिजाल, फुलमाया केसी, बन्सरा राना, माया रोका, सुनिता बस्याल, हरिकला थापा, दिनेश थापा, हरि केसी, भुवन सुवेदी, रामकुमार क्षेत्री, रामु नेपाली, मोहराज सुवेदी, क्षेत्रीय सदस्य लक्ष्मी सुवेदी, क्षेत्रीय साँस्कृतिक विभाग सदस्य दिपा केसी, कुमारी रायमाझी, क्षेत्रीय सदस्य उमानाथ ढकाल, लक्ष्मी प्रसाद आचार्य, डिल कुमार नेपाली रहनु भएको थियो।

कार्यक्रममा रक्तिम साँकृतिक अभियानले नेपाली परंपरा झल्किने प्रगतिशील भैलो, पैयुँ फुल्दा, सोरठी लगायतका संगित र नृत्य प्रस्तुत गरेका थिए। सयौ उपस्थिति रहेको हलमा सबैजना गित र नृत्यको आनन्द लिईरहेका थिए।  दर्शकले गित र नृत्य मन पराएर कलाकारहरूला क्यास गिफ्ट गर्नेहरूले तछाड मछाड गरिरहेको पनि देख्न मिल्थ्यो। अन्तमा भैलो कार्यक्रमलाइ सहयोग पुराउने न्यायप्रेमी जनता, कलाकार, स्वयंसेवक र नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिदै अध्यक्षले कार्यक्रमको समापन गर्नु भयो भने कार्यक्रमको संचालन उमानन्द आचार्यले गर्नु भएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित