पिकअप भ्यान दुघर्टनाप्रति महासचिव वश्यालद्वारा गहिरो दुःख प्रकट

भारत ।अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र वश्यालले जैमिनीबाट वाग्लुङकालागि छुटेको पिकअप भ्यान दूर्घटना भएको समाचारप्रति दुःख प्रकट गर्दै मृतकहरु मा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना अर्पण गर्नु भएको छ । महासचिव वश्यालले उद्धार कार्यमा सक्दो सहयोग गर्न र बाटो निकै अफ्ठ्यारो रहेकाले सावधानी पूर्वक सवारी चलाउन पनि सबैलाई अनुरोध गर्नु भएको छ ।
प्रश्तुत छ महासचिव वश्यालले जारी गर्नु भएको वक्तव्यको पूर्ण पाठ – जैमिनी नगरपालिका दुःखद समाचार (मेरो गाउबाट), जैमिनी नगरपालिका छिस्ती केवै बाट बाग्लुङ तर्फ जादै गरेको जिप हर्देवा पारीको भीर च्यानेको घुम्तीबाट दिनांक ११ नोभेम्बर २०२४ तदानुसार २०२८१ कार्तिक २६ गते का दिन विहान ८ बजेको समयमा दौडिरहेको जिपको अचानक ब्रेक फेल हुदा जीप खसेर करिव ५०० मिटर तल तल्लो फ्याङचेमा पुगेको दुखद समाचार रमेश सुनारले जानकारी गराउनु भएको छ। जीप केवै निवासी महेन्द्र पुनले चलाएका रहेछन। चालक सहित ५ जना घटना स्थलमा नै मृत्यु भएको छ। मृत्यु हुनेमा नन्दकली पुन ७०, कुल प्रसाद श्रीस ७०, नीरज १३ र रोशनी श्रीस २० रहेका छन। घाइते हुनेमा छम बहादुर पुन रहेका छन। दुखद समाचारले हामी सबैलाइ मर्माहित बनाएको छ। घटना स्थल डरलाग्दो भीर र पहरामा भएको हुदा उद्दार कार्य कठिन भएको छ। यस्तो संकटको समयमा सबैले उद्दार कार्यमा सक्दो सहयोग गरौ। बाटो सारै अप्ठारो छ सबैले सावधानीपूर्वक सवारी चलाउ। यस संकटको समयमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना का साथै मृतकहरू प्रति गहिरो दुख्ख प्रकट गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछु।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित