-इश्वरी प्रसाद गैरे
सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, दाङ
१) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,दाङ जिल्ला समितिले आगामी मंसिर १३ देखि सुरु हुने राष्ट्रिय एकता महाधिवेशनका लागि के कति कार्य सम्पन्न ग¥यो ?
–क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आगामी मंसिर १३ देखि २३ सम्म काठमाडांैमा हुन गइरहेको राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्न हामीले दाङमा स्थानीय वडा, पालिका हँुदै जिल्ला सम्मेलन सम्पन्न गरिसकेका छौ । अबको कार्यक्रम भनेको नजिकिंदै गरेको महाधिवेशनको समयलाई ख्याल राख्दै सिङ्गो दाङ जिल्ला समिति, पालिका समिति जनताको घरघरमा पुगेर हाम्रो पार्टी महाधिवेशनबारे जानकारी गराउने, जनतासँग छलफल, जनताका समस्या बुझ्ने, जनताका आवश्यकता, समस्या पहिचान गर्ने र जनतालाई जोडेर लैजानेसम्मका योजना अगाडि सारेका छौँ । अहिले हुन गैरहेको राष्ट्रिय एकता अधिवेशनले नयाँ विचार नयाँ सिद्धान्त नयाँ योजनाका साथ जनतालाई प्रशिक्षण गर्दै यो राज्य व्यवस्थाको अन्त्य गर्न पार्टीको नीति विधि निर्माण गरी नयाँ जनवादी क्रान्तिको खुडकिलो पार गर्दै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न, जनतालाई बुझाउँदै निरासामा रहेका जनतालाई उत्साहित बनाउने काम गरेका छौं ।
महाधिवेशनका कुराहरु प्रचारप्रसारका लागि भित्ते लेखन, पर्चा, पम्प्लेट वितरण होडिङबोर्डलाई व्यापक बनाइएको छ । जनताको घरघरमा महाधिवेशनको औचित्य पुष्टि गर्ने काम गरेका छौ ।
२) दाङ जिल्लामा पार्टीको एकता महाधिवेशनका सन्दर्भमा फोरम सन्चालन र जिल्ला सम्मेलन सम्पन्न भइसकेको छ । फोरम र जिल्ला सम्मेलनको अनुभव कस्तो रह्यो ?
–हाम्रो दाङ जिल्लाको जिल्ला सम्मेलन कार्तिक २ र ३ गते दुई दिन चलेको थियो । सम्मेलन ऐतिहासिक थियो । तीनवटा पार्टीबीचको पहिलो एकता सम्मेलन थियो । सम्मेलनमा व्यापक छलफल विचार, सिद्धान्त, पार्टीको योजनाले दाङमा सम्मेलन पछि एक ढिक्का भई हिडेकोछ । सम्मेलनमा तीन पुस्ताका नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति थियो । हामीले सर्वसम्मत रुपमा जिल्ला सम्मेलनबाट जिल्ला समिति गठन ग¥यौं र नेतृत्वको जिम्मेवारी मलाई दिने निर्णय भयो । सम्मेलन पछिको जिल्ला सेक्रेटरी जिम्मेवारी बहन गर्ने मौका सबै साथीहरूले मलाई दिनुभयो । यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । नेतृत्व चयन पछि हाम्रो पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा उठने (विषयबस्तु) दस्तावेजमा उल्लेख भएका बँुदाबुँदाहरुमा दोहोरो संवाद मार्फत् सौहार्दपूर्ण तरिकाले फोरम चल्यो । यो पनि एउटा ऐतिहासिक समय थियो । दस्तावेजमा भएको केही नबुझेका कुराहरु नेताहरुबाट प्रष्ट पार्ने काम भयो । यो फोरमले हामीलाई थप उर्जा थपेको छ । नयाँ जोशजाँगर बढेको छ । यस फोरमबाट विचार सिद्धान्तलाई व्यवहारिक प्रयोग गर्दै पार्टीलाई कसरी व्यवस्थित, सशक्त, जनआधारित र क्रान्तिकारी बनाउन सकिन्छ भन्ने विषयमा सम्पूर्ण पार्टी सदस्यबीच छलफल गर्न सहज भएको महशुस भएको छ ।
३) महाधिवेशनको सिलसिलामा जनताका बीचमा गइरहनु भएकोछ । पार्टी प्रति जनताको भनाइ वा प्रतिक्रिया के छ ?
–हामीहरु आगामी राष्ट्रिय एकता अधिवेशन सफल पार्न दाङमा कम्तिमा पनि एक लाख जनतालाई भेटने छलफल गर्ने क्रममै छौँ । हामीले भेटेका जनताका कुराहरू सुन्दा आम जनता राजनीतिक दलप्रति घृणा व्यक्त गर्दछन् । अहिलेका राजनैतिक दलहरुबाट असन्तुष्ट छन् । जनतामा निराशा छ । गाउँमा युवाहरु भेटिँदैनन । अधिकांश गाउँमा बृद्ध अवस्था रहेका बुढाबुढी बाआमा महिलाहरू भेट्टिनुहुन्छ । उहाँहरु सबैको मुखबाट आउने प्रश्न थियो तपाईंहरु पनि उस्तै त होला । चुनाव नजित्दासम्म नमस्कार गर्दै घरघरमा हिडने चुनाब जितेपछि गाउँ फर्केर नहेर्ने । मोबाइल नम्बर नै बदल्ने जस्ता कुराहरुले व्यंग्य हान्नुहुन्छ ।
जनताका निराशाजनक कुराहरु संसदीय पार्टीका नेताले बोकेको चरित्रसँग हामीलाई नगास्न आग्रह गरेका छाँै । हामीले प्रष्टसँग भनेका छांै – नयाँ जनवादी राज्य व्यवस्था स्थापना नभइ जनताको कुनै पनि समस्या हल हुन सक्दैन । त्यसकारण हामी यो संसदीय व्यवस्था अन्त्य गरेर नयाँ विकल्प सहितको नयाँ जनवादीको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्रै जनताका समस्या हल गर्र्न सकिन्छ ।
यही व्यवस्था भित्र नयाँ पात्र खोजेर देशको अवस्था परिवर्तन हुँदैन । देशको अवस्था बदल्ने शक्ति हामी हांै । त्यसको खाका हामीले मंसिर १३ देखि २३ सम्म हुने राष्ट्रिय एकता महाधिवेशनबाट स्पष्ट खाका ल्याएर फेरि घुम्दै तपाईंहरु कहाँ आउनेछौं । तपाईंहरुको हरेक समस्यामा साथ दिनेछौं भन्ने कुरामा प्रतिबद्धता ब्यक्त गरेका छौं ।
संसदीय पार्टीका नेताहरूको चरित्रसँग हामीलाई तुलना गर्न मिल्दैन भन्ने कुरा बुझाउँदै जनताको आशा भरोसाको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल हो भन्ने विश्वास दिलाउन सकेका छौं ।
४) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाङ जिल्ला समितिको सचिवको नाताले आमन्याय प्रेमी जनतालाई राष्ट्रिय एकता महाधिवेशनका सन्दर्भमा के सन्देश दिन चाहनु हुन्छ ?
–आम न्याय प्रेमी दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने अहिलेको विद्यमान राजनीतिक व्यवस्थाबाट देशको निकास र जनताको अवस्था परिवर्तन हँुदैन । यसका लागि नयाँ जनवादी व्यवस्थाको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्र देशलाई आमूल परिवर्तन गर्न सकिने भएकोले त्यसतर्फ सोच्न र आवश्यकता परे आन्दोलनमा आउन समेत आग्रह गर्दछु । मंसिर १३ देखि सुरु हुने राष्ट्रिय एकता महाधिवेशनबाट पार्टीको स्पष्ट दृष्टिकोण आउनेछ । त्यसका लागि तयार रहन र राष्ट्रिय एकता अधिवेशन सफल पार्न आम दाङबासी दाजुभाइ दिदीबहिनी बुवाआमाहरुलाई नैतिक, भौतिक तथा आर्थिक रुपले सके जति सहयोग गर्न आग्रह गर्दछु ।
देश बिगार्ने भ्रष्टाचारीलाई ठेगान लगाउने राष्ट्रघाती सन्धि सम्झौता गर्ने दलालीकरण गर्ने विदेशी प्रभुहरुको आशिर्वाद थापेर कुर्सीमा टिक्न देश बेच्न तयार हुने दलालहरुलाई ठेगान लगाउन स्पष्ट दिशानिर्देश दिने राष्ट्रिय एकता महाधिवेशन भएकोले सम्पूर्ण जनताको ध्यानाकर्षण गर्दछु ।
५) दाङ जिल्ला लामो वर्ग संघर्षको इतिहास बोकेको जिल्ला हो । दाङ जिल्लाको विगतको वर्ग संघर्षलाई स्मरण गर्दा के भन्नु हुन्छ ?
– दाङ जिल्ला लामो वर्ग संघर्षको इतिहास बोकेको जिल्ला हो । दाङको वर्ग संघर्षको इतिहास कोट्याउदा किसान जमिदार बीचको संङघर्ष, थारु कमलरी प्रथा उन्मुलनका लागि गरिएको सङ्घर्ष, कमैया मुक्ति आन्दोलनको सङघर्ष, जातीय विभेद विरुद्धको सङ्घर्ष, नै वर्गसङ्घर्षका घटनाहरु स्मरणीय छन् । वर्गसङ्घर्ष सम्झौतामा टुंगिने तर कार्यान्वयन नहुने समस्या नै प्रमुख कारण हो ।
६) दाङ जिल्लाका स्थानीय समस्याहरू के के छन् ?
– दाङ जिल्ला भौगोलिक रुपमा उत्तरमा महाभारत पर्वत श्रृङखला र दक्षिणमा चुरे पहाडले घेरिएको दक्षिण एसिया कै ठूलो उपत्यका हो भने उत्तरमा चुरे पहाड र दक्षिणमा भारतीय सीमा रहेको अर्को देउखुरी उपत्यका रहेको छ ।
दाङदेउखुरीमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका, घोराही उपमहानगरपालिका बंगलाचुली गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्ति नगर गाउँपालिका, बबई गाउँपालिका गरी जम्मा १० वटा स्थानीय निकाय छन् ।
दक्षिण भारतीय भुभागसँग जोडिएका गढवा र राजपुर गाउँपालिकामा सिमा क्षेत्रमा बस्ने नेपाली नागरिकले नेपाली हु भन्ने अनुभूति गर्न पाएका छैनन् ती क्षेत्रमा शिक्षा, स्वास्थ्य, विद्युत, सडक, सुरक्षा जस्ता आधारभूत कुरा पुग्न सकेको छैन । दाउरा र घाँस बाहेक अन्य आधारभूत कुराहरूका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता छ ।
अर्कोतिर जातीय लिङ्गीय भेदभाव कायमै छ । जिल्लाभर सुगम तरिकाले पुग्नका लागि सडकको व्यवस्था छैन । मुख्य सडकमै पुल नहुँदा सयौं नागरिक बाढीले बगाएको पीडादायी घटनाहरू छन् । दाङदेउखुरी कृषिका लागि पकेट क्षेत्र भएपनि भुमाफियाहरुले जग्गा टुक्रिएर घडेरी रुपान्तरण गरिदिंदा कृषि योग्य जमिन घट्दै गएको छ । कृषकहरुले समयमा बीउ मल रसायनिक विषादी समयमै पाउन सकेका छैनन् । जल सम्पदाले सम्पन्न दाङमा सिचाइका लागि नहर नबन्दा किसानहरु समयमै खेतबारीमा सिचाइ गर्नबाट बन्चित हुनुपरेको छ । सामुदायिक विद्यालय मर्ज गर्ने नाममा सरकारी विद्यालय ध्वस्त पारी निजी विद्यालयमा जनताका छोराछोरीहरुलाई धकेल्ने काम राज्यबाट भएको छ । स्वास्थ क्षेत्रको कुरा गर्दा सरकारी अस्पतालमा भएका उपकरणहरु बिगार्ने र निजी अस्पतालमा जाँच गराउन जबर्जस्ती पठाउने, डाक्टरहरु सरकारी अस्पतालमा भन्दा निजी अस्पतालमा बढी ध्यानदिने प्रवृत्तिले जनताले स्वास्थ्य क्षेत्रमा सास्ती भोग्नुपरेको छ ।
प्राकृतिक प्रकोप बाढी, पहिरो, नदीले कटान गर्ने, नदीमा योजनाबद्ध तरिकाले तटबन्ध नगरिनु, सडक बत्ति पानी जस्ता आधारभूत कुरा सहज रुपमा उपलब्ध हुन नसक्नु नै दाङ जिल्लाका समस्याहरु हुन ।
७) दाङ जिल्लामा पार्टी कार्यलाई अगाडि बढाउने बारे के सोचाइ वा योजना छ ?
– दाङ जिल्लामा पार्टीको योजना जनतासँग जोड्दै जनताको आवश्यकता अनुसारको योजना बनाउँदै पार्टीको नीतिविधि कार्यान्वयन गराउँदै एक घर, एक पार्टी सदस्य अनिवार्य गर्ने गरी जनताको घरघरमा पार्टीका नेता कार्यकर्ता पुग्ने जनतासँग जोडिने, जनताका मुद्दा सम्बन्धित क्षेत्रमा पु¥याउने उठान गर्ने समस्या हल गर्ने जनता र पार्टीलाई सँगसँगै हिडाल्ने योजनाका साथ हामी अगाडि बढने योजना बनाउने छौं ।
८) हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि?
– हाँक जस्तो राष्ट्रिय पत्रिकामा महत्वपूर्र्ण समयमा महत्वपूर्ण कुरा राख्ने दाङ जिल्लाको वस्तुस्थिति राख्ने अवसर दिनु भएकोमा धेरै धेरै धन्यवाद ।

