फोरम (आन्तरिक बहस) सम्पन्न

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशनको सन्दर्भमा सञ्चालन गरेको फोरम ( आन्तरिक बहस) सम्पन्न गरेको छ । प्रदेश र जिल्ला स्तरका फोरमहरु सम्पन्न भएपछि २०८१ कार्तिक २५ गते प्रवास क को कार्तिक ३० गते केन्द्रीय सल्लाहकार र गैरभूगोलसंग सम्बन्धित सदस्यहरुको र मंसिर २ गते प्रवास ख,को फोरम सञ्चालन गरिएको थियो । २०८१ वैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल)का बीचमा माओवाद र माओविचारधारा ,जनयुद्धको मूल्याङकन र राज्य पुनःसंरचनाको बारेमा खुला बहस गर्ने निर्णय भए अनुरुप छलफल भईरहेको बताईएको छ । खुला छलफलको बहसमा पार्टी भन्दा बाहिरका व्यक्तिहरुबाट पनि छलफलमा भाग लिने काम भएका छन् । खुला छलफल गर्ने बारे निर्णय नभएका विषयहरुमा आन्तरिक रुप मै छलफल भईरहेको पार्टी स्रोतले जनाएको छ । बहस र छलफलले पार्टीलाई सुदृढ र एक ढिक्का बनाएर लैजान मद्दत पुग्ने उक्त पार्टीको नेताहरुले बताएका छन् । आगामी मंसिर १३ –२३ सम्म काठमाण्डौमा सम्पन्न हुने एकता महाधिवेशनको तयारी अन्तिम चरण तिर पुग्न थालेको पनि जनाइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित