प्यालेस्टाइनी माथिको नरसंहार विरुद्ध प्रदर्श
मंसिर ८ ,काठमाडौं । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म नेपालका वाम तथा प्रगतिशील पार्टी र संस्थाहरूले इजरायली नरसंहारका विरुद्ध मार्च तथा विरोध सभा सम्पन्न गरेका छन् । सभामा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य परि थापाले प्यालेस्टाइनी जनता माथिको इजरायली आक्रमणको विरोध गर्नु भयो । थापाले भन्नु भयो नेपाल सरकार संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्तावका सन्दर्भमा टतस्थ बस्नु निकम्मा, हुतिहारा र कायरपन हो ।हामी स्पष्टरुपमा प्यालेष्टाइनी जनताको स्वाधिनताको पक्षमा उभिनु पर्दछ । थापाले आफ्नो पार्टी कम्युनिष्ट पार्टीनेपालले राष्ट्रिय रअन्तर्राष्ट्रिय रुपमा अमेरिकी साम्राज्यवाद रइजरायली विस्तारवादको विरोध तथा प्यालेष्टाइनी जनताको न्याय, समानता र राष्ट्रिय स्वाधिनताको पक्षमाउभिनु पर्दछ ।गत सेटेम्बरमा युरोपमा सम्पन्न आइकोरको पाँचौं विश्व सम्मेलनमा इजरायली आक्रमणको विरुद्धमा प्रश्ताव पारित गरेको र इजरायली दूतावासमा ज्ञापनपत्र बुझाएको समेत स्मरण गर्नु भयो ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेकार्यक्रममा नेकपा (मसाल)का प्रतिनिधि आनन्द शर्मा, , नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रवेश हमाल, नेकपा (माओवादीकेन्द्र ) का राम कार्की, नेकपा संयुक्तका सरोज बिसी, जनता समाजवादी पार्टीका रणध्वज कन्दङ्वा, राष्ट्रियसभाका सांसद ओहम्मद खालिद, जनता समाजवादी पार्टी नेपालका विद्यत बज्राचार्य, वैज्ञानिक समाजवादी पार्टीका आहुति, राष्ट्रिय क्रान्तिकारी मोर्चाका लोकनारायण सुवेदी, नागरिक अगुवा सञ्जीव उप्रेती, मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको अध्यक्षता श्याम श्रेष्ठले र सञ्चालन पुष्कर गौतमले गर्नुभएको थियो ।सो अवसरमा , नाटक र कविता पनि प्रदर्शन अरेक
प्यालेस्टाइनी माथिको नरसंहार विरुद्ध प्रदर्शन
Comments