दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुलाई अनावश्यक रुपमा दुःख नदि प्रशासनसंग जोडदार माग गरेको छ ।क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल दाङका सेके्रटरी दीपले २०८१ मंसिर ८ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । दाङ जिल्लामा मिति २०८१ साल मंसिर ६ गते नेकपा बहुमतका कार्यकर्ताले दाङको घोराइमा माधवा बस्नेत र उनका श्रीमान धर्मबहादुर बस्नेतलाई सुदखोर तथा मिटरव्याजी भन्दै नाक काटिदिएको घटनामा आफ्ना कार्यकर्तालाई जोडेर शुभचिन्तक तथा समर्थक शिक्षक संगठनका केन्दी्रय सदस्य डिल्लीराज डिसीको आवास तथा विद्यालयमा खान तलासी गर्ने तथा धरपकड गर्ने प्रयत्न भएको भन्दै त्यसो नगर्न माग गरिएको हो । सो कार्यको पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ ।
Comments