अखिल भारत नेपाली एकता समाजको सदस्यता अभियान जारी

भारत । अखिल भारत नेपाली एकता समाजले सदस्यता अभियान सन्चालन गरेकोछ । सदस्यता अभियानमा विभिन्न राज्यहरूमा समाजका केन्द्रिय नेताहरू पुगेका छन् ।
बेङ्गलोर । १२ जनवरी २०२५ का दिन सदस्यता अभियान बेङ्गलोरको आरटी नगरमा केन्द्रीय सचिव रामसिंह बिकले‌ २०२५ को सदस्यता वितरण तथा नविकरण गराउनु भएको छ। सचिव रामसिंहले एकता समाजको सदस्यता अभियान बेङ्गलोरमा मात्र नभई भारतको बिभिन्न सहरहरुमा चलिरहेको बताउदै भारतमा कार्यरत नेपाली श्रमिकहरूमा आईपर्ने घटना तथा समस्यामा साथ दिने र न्याय दिलाउने संगठन अखिल भारत नेपाली एकता समाज हो भन्नुभएको थियो ।
भोपाल । अखिल भारत नेपाली एकता समाजका केंद्रीय उपाध्यक्ष एम्बी हमालले भोपालमा सदस्यता  वितरण गर्नु भएको छ ।अखिल भारत नेपाली एकता समाजमध्य भारत क्षेत्रीय संगठन समिति अन्तर्गत दक्षिण भोपाल नगर समिति को बंजारी कोलार रोड एरिया मा सदस्य नवीकरण र नया सदस्य निर्माण कार्य केन्द्रीय समिति कि सदस्य पूर्णा कुमारी हमाल, मध्य भारत क्षेत्रीय समिति का वरिष्ठ उपाध्यक्ष श्री नरेश थापा र दक्षिण भोपाल नगर समिति का अध्यक्ष श्री बिष्णु रानाभाटको सक्रियता मा दिनांक १७र०१र२०२५ का दिन सदस्य वितरण अभियान सम्पन्न भयो।

पान्डीचेरी । अखिल भारत नेपाली एकता समाजका केंद्रीय सदस्य राजु थापा ,सूर्य थापा लगायतले ले पान्डीचेरीमा समाजको सदस्यता वितरण गर्नु भएको छ

चेन्नई ।अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समिति अन्तर्गत मोगापेर एरियामा सदस्यता वितरण गएिको छ।

हिसार । अखिल भारत नेपाली एकता समाज केंद्रीय सचिवालय सदस्य श्याम बहादुर बिक , नगर अध्यक्ष जुक्त बहादुर केसी र क्षेत्रीय सदस्य धन बहादुर दर्लामीले सदस्यता  वितरण गर्नु भएको छ ।
चेन्नई  .अखिल भारत नेपाली एकता समाजका केंद्रीय सदस्य तिलकराम गोराथोकी र केंद्रीय सदस्य तथा चेन्नै उत्तर नगर अध्यक्ष उमानन्द आचार्य  ले चेन्नई उत्तर नगरको गोपालपुरम एरियामा सदस्यता  वितरण गर्नु भएको छ ।
होसीयारपुर पंजाब ।अखिल भारत नेपाली एकता समाज होसीयारपुर नगर समितिमा सदस्यता  कोषाध्यक्ष मिलन केसी, राकेश कुमार लगायतले वितरण गर्नु भएको छ

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित