काठमाडौ । प्राध्यापक डा बालकृष्ण बलको नेतृत्वमा काठमाण्डौं विश्वविद्यालय आइटि विभागले तामाङ–नेपाली–अंग्रेजी भाषामा यान्त्रिक अनुवादको कार्यको माघ ७ गते सरोकारवालाहरु सित औपचारिक छलफल प्रारम्भ गरेकोछ । यो परियोजना सफल भएपछि तामाङ भाषा नेपाली र अंग्रेजीमा यन्त्रले नै अनुवाद गरिदिनेछ । सोही बमोजिम अंग्रेजी र नेपाली पनि तामाङ भाषामा अनुवाद हुन सक्नेछ । आउदो डिसेम्बर २०२५ सम्ममा यो परियोजना सक्ने लक्ष लिइएकोछ । नेपालको लागि यो कोसेढुङ्गा साबित हुने देखिएको छ । कार्यक्रममा सहभागी बिष्णु थिङले बताए अनुसार यस परियोजनालाई सामाजिक सन्जाल गुगलले आर्थिक सहयोग गर्ने छ ।
Comments