जलगाँऊ, भारत । लखनऊबाट मुम्बईतर्फ जाँदै गरेको पुष्पक एक्सप्रेस (१२५३३) दिनांक २२ जनवरी २०२५ को साँझ करिव ४.३० बजे महाराष्ट्रको जलगाउँ (मुम्बई देखी ४०० किमी) पुगेको थियो । कसैले ट्रेनबाट धुवाँ निस्केको देखे । त्यस पछि उक्त ट्रेनमा आगो लागेको अफÞवाह फैलियो । कुनै एकजना यात्रीले रेल रोक्न चेन तानेछन । ट्रेन रोकियो ।सबैजना डरले ट्रेनबाट हतारमा झरेर अर्को लिखमा गएर उभिएछन् । दुर्भाग्य नै भनौ अपोसीट साइटबाट कर्नाटका एक्सप्रेस (१२६२७) ले हर्न नबजाइ हाइ स्पीडमा आएर आगोबाट ज्यान बचाउन झरेका यात्रीलाई कुचल्दै जाँदा करिव १२ जनाको घटना स्थलमै मृत्यु भएको रेलवे अधिकारीले जनाएका छन भने दर्जनौँ सक्त घाइते भएका छन् । मृत्यु हुनेमा कतिपय नेपाली पनि छन जस्तै नन्दराम विश्वकर्मा वर्ष ११ (विनायक अछाम), लक्षीराम कन्नु पासवान वर्ष २३ (नेपाल), कमला नविन भन्डारी बर्ष ४३ (सोल्टा कैलाली), राधेश्याम (नेपाल), हिमु नन्दराम विक (विनायक–अछाम), जयकला भट्ट (कमला बजार–अछाम) र मैसरा विक (विनायक अछाम) रहेका छन। नाम र उमेर र नेपाल भनीएको छ । तर स्पष्ट ठेगाना खुलेको छैन ।
घाइते हुनेमा पनि नेपाली हुन सक्ने सम्भावना छ । त्यस विषयमा अखिल भारत नेपाली एकता समाज मुम्बईका साथीहरू अरू बढ़ी जानकारी गराउनु हुनेछ । यस संकटको समयमा अखिल भारत नेपाली एकता समाजले मृतकको लागि उचित क्षतिपूर्ति र घाइतेहरूको लागि उपचार तथा क्षतिपूर्तिको माग गर्दछ ।